सोमबार, साउन २५, २०८३

सांग्रिला बैंकको ‘बचत पनि बिमा पनि’ बचत खाता योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकको सेवालाई मध्यनजर गर्दै ‘बचत पनि बिमा पनि’ नयाँ बचत खाता संचालनमा ल्याएको छ। यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी तीन बचत खाताहरु रहेका छन्। 

ती खाता खोल्ने ग्राहका लागि १६ लाखसम्मको बिमाको व्यवस्था गरिएको छ। जुन खाताको प्रकृति हेरी दुर्घटना बिमा, औषधि उपचार बिमा तथा घातक रोगको उपचार बिमा सम्बन्धी सुविधा रहेका छन्। जुन खाता खोल्दा ग्राहकहरूले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। यस सेवा अन्र्तगत न्यूनतम मौज्दात पाँच हजार, पन्ध्र हजार, तथा पच्चीस हजार रहेको छ।

यो खाता खोल्ने ग्राहकले लकर सुविधामा विषेश छुट, निशुल्क एबिबिएस तथा एटिएम भिसा कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षका लागि निशुल्क सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकले सांग्रीलाका सबै शाखाबाट यो सेवा लिन सक्ने छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्