काठमाडौं - प्रहरीले आफ्नै छोरीलाई पटकपटक जबरजस्ती करणी गर्ने एक उपसचिवलाई पक्राउ गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थर भएका उपसचिवलाई प्रहरीले जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो।
१८ वर्षीया छोरीलाई महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै पटकपटक छोरीलाई जबरजस्ती करणी गर्दै आएका थिए। उनले छोरीलाई विगत ३/४ वर्षदेखि बारम्बार बलात्कार गर्दै आएको आरोप लागेको छ।
बलात्कारको क्रम नरोकिएपछि जेठ १९ गते घटना बाहिर आएको हो। किशोरी र उनकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुर जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४