सोमबार, साउन २५, २०८३

प्रीतम आचार्य बाल सद्भावना दूत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी - भारतीय च्यानल जीटिभीको एक रियालिटी सोमा सेकेन्ड रनरअप भएका इटहरीका प्रीतम आचार्यलाई स्थानीय सरकारले सद्भावना दूत बनाएको छ। सोमबार पूर्वी नाका काकरभिट्टाबाट गृहनगर आएका आचार्यलाई आज इटहरी उपमहानगरले बाल सद्भावना दुत बनाएको हो।

उपमहानगरकी कार्यवाहक मेयर लक्ष्मी गौतमले साढे दस बजे अन्य जनप्रतिनिधि, इटहरीका स्थानीय र संचारकर्मीको उपस्थितिमा सद्भावना दूतको प्रमाणपत्र प्रदान गरेकी थिइन्।

इटहरीमा जन्मेर इटहरी र इटहरीबाहिर गायन क्षेत्रबाट नाम राख्न सफल भएको भन्दै आचार्यलाई सद्भावना दुत बनाइएको कार्यवाहक मेयर गौतमले बताइन।
 
जीटिभीको 'सारेगम लिटिल च्याम्प्स' मा सेकेन्ड रनर अप भएका आचार्य नेपालमा भएको सुरसालामा फर्स्ट रनर अप भएका थिए। आचार्यलाई स्वागत गर्न सोमबार काकरभिट्टामा इटहरीका स्थानीयहरु पुगेका थिए भने उनी अध्ययन गर्ने स्कुल विश्व आदर्शले उन्को सम्मानमा सार्वजनिक बिदा दिएको प्राचार्य गणेश दुलालले बताए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।