सोमबार, साउन २५, २०८३

गौतमबुद्ध रङ्गशालाको काम अघि बढाउन आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन्। 
    
यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो। बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ। उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको वार आफैँ निर्माण गर्ने जनाएका छन्। स्थानीयवासीले सडक फराकिलो बनाउन पनि माग गर्दै आएका छन्।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि बाटोको टुङ्गो लगाउने आश्वासन दिइसकेकी छिन्। बाटो फराकिलो बनाउँदा रङ्गशालातर्फको भागबाट केही बढी छाड्नुपर्ने स्थानीयवासीको माग छ। 
    
प्रमुख दाहालले रोकिएको काम तत्काल सुरु गर्नका लागि गृहकार्य अघि बढाइएको बताइन्। स्थानीयवासीको माग सम्बोधन भएको भन्दै उनले यस गौरवको आयोजना सम्पन्न गर्न सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गरेको बताइन्। 

रङ्गशाला निर्माण सहयोग समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रोकिएको काम अघि बढाउन पहल गरिएको बताए। जिल्लाका विभिन्न स्थानीय तह र सङ्घ संस्थामा रहेका नेतृत्व तहलाई समावेश गर्नुका साथै विभिन्न समिति गठन गरेर रकम सङ्कलनका लागि काम अघि बढाउने तयारीमा रहेको उनको भनाइ छ। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारले धुर्मुस सुन्तली फाउण्डेसनलाई जनताको साथ र महानगरको रेखदेखमा काम अघि बढाउन आग्रह गरे। नेपाली काङ्ग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले रोकिएको रङ्गशाला निर्माणको काम अघि बढाउन फाउण्डेसनलाई अनुरोध गर्दै साथ र सहयोगमा जुट्न नेता कार्यकर्तालाई आह्वान गरे। 

रङ्गशालाको बार भत्काएको अभियोगमा थुनामा परेकाहरु छुटेर मंगलबार पत्रकार सम्मेलन गरी उक्त फाउण्डेसनलाई काम यथावत सञ्चालन गर्न आग्रह गर्दै यसमा आवश्यक सहयोगका लागि आफूहरु तयार रहेको बताएका छन्। सो ठाउँमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी एकाइसमेत खडा गरिएको छ। 

रु तीन अर्बको लागतमा निर्माण गर्न लागिएको सो रङ्गशालाको शिलन्यास भदौमा गर्नका लागि काम अघि बढाइएको थियो। गएको माघ १६ गते प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भरतपुर महानगर र फाउण्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो। महानगरको पहलमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको जमीन रङ्गशालाका लागि उपलब्ध गराइएको हो। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।