सोमबार, साउन २५, २०८३

४ वर्षपछि खुलेको तातोपानी नाका फेरि बन्द 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रसुवा- करिब ४ वर्षपछि खुलेको तातोपानी नाका पुनः बन्द भएको छ । सञ्चालनमा आएको दुई साता वित्न लाग्दासमेत अहिलेसम्म नाका सञ्चालन गरिएको दिन ल्याइएका ४ वटा कन्टेनरबाहेक कुनै पनि गाडी चलेका छैनन् । 

नेपालबाट गएका गाडीलाई चिनियाँ पक्षले प्रवेश दिएको छैन भने नेपालतर्फ पनि कुनै गाडी आएका छैनन् । बाटोकै कारण तत्काल सवारी चल्न नदिएको चिनियाँ पक्षको दाबी  छ । बाटोको काम सकिन अझै समय लाग्ने भएकाले गाडी रोकिएको उसले बताएको छ । 

२०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको अरनिको राजमार्गअन्तर्गत दोलालघाटदेखि कोदारीसम्मको ५९ किमी सडकको विभिन्न खण्डमा मर्मत तथा पहिरो रोकथामको काम अझै पूरा भएको छैन। 
 
बाटो बनिनसक्दै गत जेठ १५ मा तातोपानी नाका पुनः संचालन गरिएको घोषणासहित उद्घाटन गरिएको थियो । ४९ महिनापछि निकै कसरतका साथ सञ्चालनमा आएको नाकामा चारवटा कन्टेनरलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । 

जेठ १७ गतेबाट सञ्चालन गर्ने सहमति भए पनि २ दिनअघि नै नाका सञ्चालनमा आएको थियो। तर, अहिले फेरि नाका ठप्प भएको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।