सोमबार, साउन २५, २०८३

यातायातमन्‍त्री महासेठ चढेको गाडी खोलामा पल्टियो  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

स्याङ्जा- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेको रह दरौँ खोलामा पल्टिएको छ । 

अर्जुनचौपारी गाउँपालिकास्थित शहरे खोला पुलको शिलान्यास गरेर फर्कने क्रममा मन्त्री महासेठ सवार बा २ झ ४०२९ नं को गाडी चिप्लिएर खोलामा पल्टिएको हो । 

गाडी खोलामा डुबेपनि मन्त्री महासेठ भने सकुशल रहेको प्रहरीले जनाएको छ । गाडीबाट सुरक्षाकर्मीको सहायतामा मन्त्री महासेठलाई सकुशल बाहिर निकालिएको थियो ।
 
गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको प्रहरी नायब उपरीक्षक नविकृष्ण भण्डारीले जानकारी दिए । खोलामा पानीको मात्रा बढी भएका कारण मन्त्री सवार गाडी डुबेको हो । 

दैनिक तीनवटा मिनिबस, १० जिप र मालवाहक सवारीसाधनहरू दरौँ खोलाको यही भँगालोबाट वारपार गर्न बाध्य छन् । देशकै पहिलो होमस्टे भनेर चिनिने स्याङ्जाको सिरुबारीसम्म दरौँ खोलो हुँदै सवारीसाधन चल्छन् । स्थानीयले असोजदेखि जेठसम्म यसरी नै यात्रा गर्नुपर्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।