सोमबार, साउन २५, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ २७ गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

भारतीय चर्चित क्रिकेटर युवराजले लिए सन्यास

भारतीय क्रिकेटर युवराज सिंहले क्रिकेटबाट सन्यास लिएका छन्। मुम्बईमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै युवराजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताए।

‘संस्कृति र परम्परा मास्ने गरी गुठी विधेयक ल्याउन पाइदैन’ (फोटो/भिडियो)

राष्ट्रिय पहिचान संरक्षण समितिले प्रस्तावित गुठी विधेयकको विरोध गरेको छ। धर्म निरपेक्ष राज्यमा धार्मिक, सांस्कृतिक कार्यक्रम नियन्त्रण गर्ने गरी गुठी प्राधिकरण बन्न नसक्ने भन्दै उनीहरुले राजधानीको इन्द्रचोकमा भेला भएर विरोध जनाएका छन्।

चीनतर्फका नाका खोल्न माग

नीजि क्षेत्रले चीनतर्फका नाकाहरू खोल्ने योजना सहितको बजेट ल्याउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ। उद्योग वाणिज्य संघ सुर्खेतको अगुवाइमा मन्त्रालय पुगेका उनीहरूले प्रदेशको समग्र विकासका लागि चिनतर्फका खोल्नुपर्ने माग गरेका हुन्।

लोकसेवाविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ। 

पेस्तोलसहित काठमाडौंमा एकजना पक्राउ

प्रहरीले काठमाडौंको बानेश्वरस्थित 'ए वान क्याफे' बाट एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले सोलुखुम्बुका २४ वर्षीय साङगेल पेम्बा शेर्पालाई अवैध हतियार पेस्तोल १ थान सहित सोमबार पक्राउ गरेको हो। 

७ महिनाको तलब नदिँदा हत्या, अभियुक्त १९ वर्षपछि पक्राउ 

 तत्कालीन जिल्ला वन कार्यालय पर्साका अधिकृत (डीएफओ) तुलसी भक्त प्रजापतीकी श्रीमती ३३ वर्षीय विजयश्वरीको चक्कु प्रहारबाट हत्या भयो। छोराछोरीलाई स्कुल पुर्‍याएर फर्केकी उनको भान्सामा हत्या गरिएको अवस्थामा शव भेटियो।

कति सकियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ। विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ।

ओली र टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता

युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्डको जेनेभामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार त्यहाँस्थित राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

सिद्धार्थको क्रिडास्थल ओझेलमा

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबार अझैसम्म ओझेलमा परेको छ। गौतम बुद्ध स्वयंले आफू जन्मेको ठाउँ लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, धर्म प्रवचन गरेको ठाउँ सारनाथ र मृत्युवरण गरेको कुशनगरमा जीवनमा एक पटक पुग्नू भनेर दिएको उपदेशमा कपिलवस्तुको तिलौराकोट छुट्नु पनि ओझेल पर्नाको एउटा कारण हो। 

इँटा प्रहार गरी श्रीमतीको हत्या

३९ वर्षीया श्रीमतीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्। श्रीमती गीता चौधरीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका-१ बुङ्ची बस्ने ४९ वर्षीय अगमान चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। 

नेपाली स्याट-१ ले पृथ्वीको परिक्रमा गर्दै

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो। 

'टेक्सासमा पढ्ने विद्यार्थी बेरोजगार हुँदैनन्'

सन् २०१० मा स्थापना भएको टेक्सास इन्टरनेसनल कलेजले छोटो अवधिमै विद्यार्थी र अभिभावकबीच लोकप्रिय बनेको छ। प्रविधिमैत्री शिक्षा, आकर्षक कक्षाकोठा, विज्ञ र अनुभवी शिक्षक, प्रयोगात्मक शिक्षा, विद्यार्थीको रुचि, आवश्यकता र क्षमताका आधारमा सिकाइ क्रियाकलापले धेरै विद्यार्थीको रोजाइ बन्‍ने गरेको छ यो कलेज। अर्को कुरा यहाँ अध्ययन गरेर गएका विद्यार्थी बेरोजगार बस्‍नु परेको छैन। 

चार दिनदेखि नगरपालिकामा तालाबन्दी

जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ। नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन्। नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड निर्माणका लागि गरिएको निर्णय खारेजीको मागसहित कार्यालय बन्द गरेको भरत विकले बताए।

मनसुन भित्रिन अझै एक साता लाग्‍ने

यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ। नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए। “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ।” उनले भने। 

‘गुठी जग्गा भूमाफियालाई पोस्ने विधेयक मान्य छैन’

देशभरका गुठी जग्गा भूमाफियालाई बेच्ने गरी विधेयक ल्याएको भन्दै नेवाः देय् दबूलगायतका संगठन आन्दोलित छन्।

मुख्यमन्त्री पौडेल डिस्चार्ज

मुटुको भल्बमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन्। यही जेठ १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन्। 

साढे दुई अर्ब बराबरको आइपिओ आउँदै

धितोपत्र बजारमा साढे २ अर्ब बराबरको साधारण सेयर (आइपिओ) जारी हुँदैछ। नेपाल धितोपत्र बोर्डका अनुसार १३ वटा कम्पनीका २ करोड ६ लाख ८० हजार ३ सय ६० कित्ता सेयरको २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न निवेदन परेको छ।

योगीकोटी–धकधई प्रसारण लाइन संचालनमा

रुपन्देहीमा निर्माण भएको करिब ३३ किलोमिटर योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ। औद्योगिक क्षेत्रको रुपमा तिब्र विकास भइरहेको भैरहवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबारबाट संचालनमा आएको हो। भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत आपूर्तिका लागि निर्माण गरिएको ३३/११ केभीको सबस्टेसनको पनि परीक्षण सुरु भएको छ।

लोकसेवाको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएको छ।

जनप्रतिनिधि नै ठेकेदार : रोकिएन नदी उत्खनन 

विगत एक दशकयता रुपन्देहीको तिनाउ र दानव नदीमा नदीजन्य पदार्थ उत्खननको विषय राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चासोको विषय बन्यो ।

प्रधानमन्त्रीले आज आइएलओलाई सम्बोधन गर्ने

नौ दिने युरोप भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने भएका छन् । आइतबार स्विजरल्याण्ड पुगेका ओलीले आज विशेष सम्बोधन गर्न लागेका हुन् । 

प्रधानमन्‍त्रीले बोलचाल बन्द गर्नुभो

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिएर राष्ट्रिय जनता पार्टी (राजपा) प्रतिपक्षमा बसेको छ। त्यसलगत्तै संसद्मा नियमित रुपमा असन्तुष्टि पोख्दै ध्यानाकर्षण गराउँदै आएको छ। तर राजपाको मागप्रति सरकार सकारात्मक देखिएको छैन। सरकारसँगको दुरी, संसद्मा रहेको बजेट र भारतमा नयाँ सरकार गठन भएकोका विषयमा राजपा अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झासँग बीपी साहले गरेको कुराकानीको सम्पादित अंश -

एकान्तकुनामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

ललितपुरको एकान्तकुनामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । 

रङ्गशालाको बार भत्काउने मुख्य आरोपीसहित सबै छुटे

पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । 

प्रितम र आयुष दुबै चुके सारेगमपको उपाधीबाट 

भारतीय टेलिभिजन जिटिभीको रियालिटी शो सारेगमप लिटिल च्याम्प्सको उपाधी चुम्नबाट नेपाली प्रतिस्पर्धी चुकेका छन् ।  

अन्तत: झुके मेयर द्वारिकलाल, फिर्ता लिए नाक भाँच्‍ने धम्की

नेपाल समयका प्रदेश १ संयोजक विराट अनुपमको नाक भाँच्ने धम्की दिएका इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरी अन्नत झुकेका छन् । उनले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिएका हुन् । 

चंकी पान्डेकी भतिजिका मदहोस् पार्ने तस्बिर

बलिउड अभिनेता चंकी पान्डेकी छोरी अनन्या त ग्ल्यामर नै हुन्। तर, उनकी भतिजी अलाना पान्डे पनि ग्ल्यामर भन्दा कम छैनन्। अलाना सामाजिक सञ्जालमा चर्चा पाउने स्टार मध्येकी एक हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।