मंगलबार, साउन २६, २०८३

भारतीय चर्चित क्रिकेटर युवराजले लिए सन्यास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भारतीय क्रिकेटर युवराज सिंहले क्रिकेटबाट सन्यास लिएका छन्। मुम्बईमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै युवराजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताए।  

उनले आफ्नो क्रिकेट करियरमा भारतका लागि ४० टेस्ट, ३०४ एकदिवसीय र ५८ टी-२० खेल खेलेका छन्। उनले एक दिवसीय क्रिकेटमा भारतका लागि ८ हजार ७ सय १ रन  र १११ विकेट लिएका छन्।

उत्कृष्ट भारतीय अलराउण्डरका रुपमा परिचित यु्वराजले सन् २०११ मा भारतले विश्वकपको ट्रफी उचाल्दा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले प्रतियोगितामा चार वटा अर्धशतक र एउटा शतक बनाएका थिए। साथै उनले १५ विकेट समेत लिएका थिए। उनले आयरल्याण्डविरुद्धको एउटै खेलमा पाँच विकेट लिएका थिए। जसका कारण उनी प्रतियोगिताकै 'सर्वोत्कृष्ट खेलाडी' समेत घोषितसमेत भए। युवराजले सन्  २००७ को टि-२० विश्वकपमा समेत सानदार प्रदर्शन गरेका थिए। सोही टी-२० विश्वकपको क्रममा इंग्ल्याण्ड बिरुद्धको खेलमा युवराजले स्टुअर्ट ब्रोडको एकै ओभरमा ६ छक्का समेत प्रहार गरेका थिए।

विश्वकप जितेपछि उनी बिरामी परे। उनको फोक्सोको बीचमा ट्युमर पलाएको थियो। करिब एक वर्षको उपचार र विश्रामपछि उनी पुनः क्रिकेटमा फर्किएका थिए। लामो संघर्षपछि सन् २०१७ मा उनी पुनः राष्ट्रिय टिममा स्थान बनाउन सफल भए। पछिल्लो पटक सन् २०१७ मा वेस्ट इन्डिज भ्रमणको क्रममा भारतीय एक दिवसीय टोलीमा रहेका युवराजले त्यसयता भने अन्तर्राष्ट्रिय क्रिकेटमा स्थान बनाउन सकेका थिएनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।