मंगलबार, साउन २६, २०८३

सत्तारुढका सांसद्ले पनि गरे गुठी विधेयकको विरोध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संसदमा रहेको गुठी विधेयकको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि विरोध गरेको छ।

संघीय संसदको प्रतिनिधि सभाको बैठकको सुरु हुनेवितिकै कांग्रेसले विरोध जनाएको थियो। गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेमाथि हस्तक्षेप भएको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विरोध जनाइरहँदा सत्तारुढ नेकपाकी सांसद पम्फा भुसालले पनि कांग्रेसको साथ दिइन्। गुठी विधेयकको विरोध गर्दै सांसद भुसालले प्रदर्शनकारीमाथि भएको हस्तक्षेपको आलोचना गरिन्।

सोही क्रममा भूमी व्यवस्था मन्त्री पदमा कुमारी अर्यालले गुठी विधेयकको विषयमा जानकारी गराएकी छिन्। संसदमा छलफल गर्न बाँकी रहेको भन्दै मन्त्री अर्यालले सांसदहरुलाई थामथुम पार्न खोजेकी थिइन्। 

तर, मन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेसले सदन अवरुद्ध जारी राखेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।