मंगलबार, साउन २६, २०८३

लोकसेवाको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएको छ।

सोमबार बसेको समितिको बैठकमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पंडितसँगको छलफल पछि समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएको हो।

स्थानीय निकायमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले हालै विज्ञापन गरेको थियो। उक्त विज्ञापन समानुपातिक समावेशी नभएको र प्रदेश सरकारको अधिकार मिचेको भन्दै विरोध भइरहेको छ।

विज्ञापनको चौतर्फी विरोध भएपछि समितिले छलफलका लागि मन्त्रीलाई बोलाएको थियो। तर, मन्त्री पंडित समितिको बैठकमा आउन आनकानी गर्दै आएका थिए। मन्त्री पंडितप्रति समितिका सांसदहरुले आक्रोस समेत व्यक्त गरेका थिए।

सोमबार मात्र समितिको बैठकमा पुगेका मन्त्री पंडितसँगको छलफल पछि समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएको हो। सबै प्रक्रिया मिलेपछि समानुपातिक समावेशी सिद्धान्त अनुसार मात्र विज्ञापन गर्न निर्देशनसमेत दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।