सोमबार, साउन २५, २०८३

ज्यान गुमाउनेका परिवारलाई डेढ लाख सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– हावाहुरीले बितनपडा मच्चाएको चार दिन पछि बसेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले प्रभावितहरुलाई राहात दिने निर्णय गरेको छ।  आइतबार बसेको बैठकले बिहीबारको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने निर्णय गरेको छ।  

बैठकले हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई राहात स्वरुप डेढ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए। यस्तै हावाहुरीले घरमा पूर्णक्षती पुगेका परिवारलाई क्षतीपूर्ती स्वरुप २० हजारका दरले राहात वितरण गर्ने तथा आंशिक क्षती भएका परिवारलाई १० हजार राहात स्वरुप दिने निर्णय भएको शाहले बताए।

यस्तै पशुपंक्षी, कृषि लगायतका अन्य क्षेत्रमा भएको क्षतीको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धीत मन्त्रालयले राहात वितरण गर्ने निर्णय गरेको छ भने विभिन्न संघसंस्थाबाट आउने राहात मुख्यमन्त्री राहात कोष मार्फत वितरण गर्ने निर्णय पनि गरिएको छ। बिहीबार कैलाली र कञ्चनपुरमा आएको हावाहुरीले दुई जनाको मृत्यु भएको थियो भने सयौं घरमा आंशिक र पूर्णक्षती पुगेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।