सोमबार, साउन २५, २०८३

प्रदेश २ को नाम थरुहट थारुवान राख्‍न माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रदेश २ को नामाकरणको विषयमा विवाद चलिरहँदा थरुहट थारुवान राख्ने माग गरिएको छ। थारु कल्याणकारी एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिले यस्तो माग गरेको हो।

समितिले आइतबार प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई ९ बुँदे माग राख्दै बुझाएको ज्ञापनपत्रमा प्रदेशको नाम थरुहट थारुवान राख्न माग गरिएको छ। समितिले पर्सादेखि झापासम्मको भू–भाग सीमांकन गरी स्वायत्त थरुहट थारुवान प्रदेश नामाकरण गर्न माग गरेको छ।

यसैगरी उनीहरुले प्रदेश २ मा थारु भाषालाई सरकारी कामकाज र पठनपाठनको भाषाको रुपमा मान्यता दिनसमेत माग गरेको छ। प्रदेशको विभित्र अंग, निकाय तथा तहहरुमा थारुलाई ५० प्रतिशत समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने समितिको माग छ।

प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आदिवासी थारुहरुको जनसंख्याको आधारमा आरक्षण नछुट्याएको भन्दै संघर्ष समितिले आपत्तिसमेत जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।