सोमबार, साउन २५, २०८३

अर्घाखाँची पीपीसी सिमेन्ट नेपाली बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– देशकै उत्कृष्ट र गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टले उपभोक्ताको आवश्यकतालाई ध्यान दिएर नेपाली बजारमा पीपीसी सिमेन्ट बजारमा ल्याएको छ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले तोकेको मापदण्ड पूरा गरेको एनएस चिन्ह प्रदान गरेसँगै कम्पनिले सिमेन्ट नेपाली बजारमा ल्याएको हो।

कम्पनिले विगतमा ओपीसी सिमेन्टलाई उपभोक्ताले मन पराएको र पिपिसी सिमेन्टलाई पनि सबैले मन पराउने विश्वास लिएको छ।

अर्घाखाँची पीपीसी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका निबर्तमान अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भने सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता नगरिने बताए। ‘नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण अर्घाखाँची पीपीसी सिमेन्ट उत्पादलन गर्न सुरु गरिएको उनले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्