सोमबार, साउन २५, २०८३

इंग्ल्यान्डको एकदिवसीय विश्व रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी– इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय विश्वकप क्रिकेटमा नयाँ रेकर्ड बनाएको छ। आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत शनिबार भएको खेलमा बैगलादेशलाई पराजति गर्दै एकदिवसीय क्रिकेटमा नयाँ रकर्ड बनाएको हो। 

इंग्ल्यान्डले बंगलादेशविरुद्ध ६ विकेट गुमाउँदै ३८६ रन जोडेको थियो। यससँगै इंग्ल्यान्डले एकदिवसीयमा लगातार सात खेलमा ३०० भन्दा बढी रन बनाउने विश्वको पहिलो टोली बनेको छ। यसअघि अष्ट्रेलियाको टोलीले सन् २००७ मा लगातार ६ पटक ३०० भन्दा बढी रन बनाएको थियो। त्यस्तै भारत यस रेकर्डमा तेस्रो स्थानमा छ।

भारतले सन् २०१७ मा पाँच पटक लगातार ३०० भन्दा बढी रन जोडेको थियो। यस विश्वकपमा आफ्नो पहिलो खेलमा दक्षिण अफ्रीकाविरुद्ध ३११ रनको योगफल जोडेको थियो। त्यस्तै दोस्रो खेलमा पाकिस्तानविरुद्ध ३४८ रनको लक्ष्य पछ्याउने क्रममा ३३४ रन जनोडेको थियो।

यसअघि पाकिस्तानविरुद्ध खेलिएको एकदिवसीय सिरिजमा चार खेलमा इंग्ल्यान्डले ३०० रन जोडेको थियो। इंग्ल्यान्डले पाकिस्तानसँग क्रमशः ३ विकेट गुमाउँदै ३७३ रन, अर्को खेलमा ४ विकेट गुमाउँदै ३५९ रन, ७ विकेट गुमाउँदै ३४१ रन र सिरिजको अन्तिम खेलमा ९ विकेट गुमाउँदै ३५१ रन जोडेको थियो। 

विश्वकपमा इंग्ल्यान्डको सर्वाधिक स्कोर

आइसिसी एकदिवसीय विश्वकपमा इंग्ल्यान्ड टिमले शनिबार बंगलादेशविरुद्धको खेलमा ३ सय ६ रनको स्कोर बनाएका थियो। यो नै इंग्ल्यान्डको विश्वकपमा हाल सम्मकै सर्वाधिक स्कोर हो। यसअघि विश्वकपमा इंग्ल्यान्डको सर्वाधिक स्कोर ३३ रहेको थियो। जुन् २०११ म भारतविरुद्ध बनाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।