सोमबार, साउन २५, २०८३

विप्लवका २२ कार्यकर्ता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्रविक्रम चन्द विप्लवका २२ नेताकार्यकर्ता कास्कीबाट पक्राउ परेका छन् । कास्कीको उत्तरी भूभागमा विप्लब समूहले गतिविधि बढाएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा– ११ उरीस्थित आमा समूहको भवनमा   संयुक्त बैठक बसिरहेका बेला शनिबार साँझ ६ .१५ बजे उनीहरु पक्राउ परेको कास्कीका एसपी दानबहादुर कार्कीले बताए।

पक्राउ पर्नेमा कास्की जिल्ला सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, जिल्ला सदस्य परिवर्तन भनिने सन्तोष परियार तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष काजी गुरुङ, उपाध्यक्ष आस्था नेपाली, पिएन क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश बास्तोला, विद्यार्थी नेता सुजन सापकोटा लगायत छन्।

एसपी कार्कीले विप्लव समूहले अन्नपूर्ण क्षेत्रमा पर्यटन व्यवसायीसँग जबरजस्ती चन्दा असुली भइरहेको जानकारी पाएपछि सर्च गर्दा उनीहरु पक्राउ परेको जानकारी दिए।

अन्नपूर्ण गाउँपालिका वर्षाका कारण सडक अवरुद्ध छ । उनीहरुलाई  चार घन्टाको पैदल यात्राबाट आइतबार बिहान जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । पक्राउ परेका २२ जनामाथि थप अनुसन्धान भइरहेको कार्कीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।