सोमबार, साउन २५, २०८३

पाल्पामा जंगली च्याउ खाँदा २ को मृत्यु, ९ बिरामी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पाल्पा- पाल्पामा जंगली च्याउको तरकारी खाँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना गम्भीर बिरामी परेका छन् ।  मृत्यु हुने र बिरामी पर्नेहरु निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडाको भएको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार विशालु च्याउ खाएर ज्यान गुमाउनेमा ९ वर्षकी निर्मला सिंह ठकुरी र चार वर्षकी विष्णु सिंह ठकुरी रहेका छन् । उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

च्याउ खाएर बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षकी छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुर सिंह ठकुरी, ३० वर्षीय दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह, निशा सिंह ठकुरी र निरुता सिंह ठकुरी रहेको झिरुवासका वडाध्यक्ष लक्ष्मीप्रसाद पाटामगरले बताए। उनीहरुको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। 

शुक्रबार बेलुकी च्याउ खाएका उनीहरु शनिबार अपरान्हबाट बिरामी पर्न थालेका हुन्। वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि लगिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।