सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘सरकारले राज्य र समाजलाई कम्युनिस्टिकरण गर्न खोज्यो’

‘सरकारले राज्य र समाजलाई कम्युनिस्टिकरण गर्न खोज्यो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- नेपाल कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार राज्य र समाजको हरेक क्षेत्रलाई कम्युनिस्टिकरण खोजेको आरोप लगाएका छन्। निधिले स्वास्थ्य, शिक्षा, रेडक्रस, परिवार नियोजन, विश्वविद्यालयलगायतक क्षेत्रमा आफू पक्षधर मानिस राखेर सरकार राज्य र समाजलाई कम्युनिस्टिकरण गर्नतर्फ उद्यत रहेको बताएका छन्।

पार्टीको पहिलो चरणको जागरण कार्यक्रमको समापन कार्यक्रमअन्तर्गत शनिबार जनकपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उपसभापति निधिले पछिल्लो १४÷१५ महिनाको अवधिमा सरकारले जनताको हकभन्दा बढी संघीयताविरोधी कामहरु गरेको दाबी गरे। सरकारले संसदमा पेश गरेको विधेयकहरु लोकतन्त्र, गणतन्त्र, संघीयता र प्रेस स्वतन्त्रताविरोधी रहेको उनले बताए।

‘संघीयता कार्यान्वयनमा आएको डेढ वर्ष पुग्नै लागेको छ, तर सरकारको गलत नितीका कारण जनतालो अनुभूति गर्न सकेका छैनन्,’ निधिले भने, ‘स्थानीय तहदेखि प्रदेश सरकार हालसम्म अधिकार सम्पन्न, हुन पाएका छैनन्। प्रदेशको अधिकारसमेत केन्द्रीतकृत गरेर सरकार संघीयता समाप्त गर्न खोजेको छ।’

सरकारले गरिरहेको संघीयताविरोधी कार्यविरुद्ध कांग्रेस चुप लागेर नबस्ने बताउँदै उनले सरकारविरुद्ध कुनै समय आन्दोलन गर्ने अवस्था आउन सक्ने भएकोले तयार भएर बस्न कार्यकर्ताहरुलाई आग्रह गरे।

संविधानको विरोध गर्दै संविधान संशोधनको नाउँमा भोट लिएर सत्तासम्म पुगेका मधेश केन्द्रीत दलहरु अहिले संशोधन बिर्सेको उनको आरोप थियो। निधिले प्रदेश २ को नामाकरण मिथिला–भोजपुरा हुनुपर्ने आफ्नो अडान फेरी दोहराएका छन्। प्रदेश २ को पहिचान मिथिला–भोजपुरा रहेको भन्दै निधिले प्रदेशको कामकाजी भाषा मैथिली–भोजपुरीबाहेक अन्य हुन नसक्ने स्पष्ट पारेका छन्।

जागरण कार्यक्रम सफल

उपसभापति निधिले पहिलो चरणको राष्ट्रिय जागरण कार्यक्रम पूर्ण रुपमा सफल रहेको दाबी गरेका छन्। जागरण कार्यक्रम सफल हुन नसकेको पार्टीकै केही नेताहरुले गरेको टिप्पणीको जबाफ दिँदै उपसभापति निधिले जागरण अभियानका कारण मुलुकभित्र मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पार्टी चर्चाको विषय बनेको उल्लेख गरे। 

‘चुनावमा पार्टी पराजित भएपछि कहिँकतै चर्चा नहुने नेता कार्यकर्ताहरुले सुनाउने गर्नु हुन्थ्यो,’ निधिले भने,‘तर जागरण अभियानपछि सञ्चारमाध्यमदेखि पार्टी र विपक्षी दलभित्र समेत चर्चा सुरु भएको छ। यसलाई सफलताको रुपमा लिन मेरो आग्रह छ।’  

चुनाव ताका देखिएको गुटउपगुटजस्ता समस्याहरु चिर्न जागरण अभियान कार्यक्रम सफल भएको उनको भनाइ थियो। अभियानको पहिलो चरणमा देखिएका त्रुटिहरु भदौदेखि सुरुहुने दोस्रो चरणमा सुधार गरिने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।