सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस जागरण अभियान : गुटगत शक्ति संघर्षले बन्यो फितलो

कांग्रेस जागरण अभियान : गुटगत शक्ति संघर्षले बन्यो फितलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - गत बैशाख २५ गतेबाट नेपाली कांग्रेसले सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज (शनिबार) समापन हुँदैछ। सांगठनिक सुदृढिकरणको मुल उद्देश्य राखेर आयोजना गरिएको जागरण अभियानको पहिलो चरण आजबाट सकिन लागेको हो।

पहिलो चरणअन्तर्गत देशका ७७ वटै जिल्लामा गरिएको जागरण अभियान भने फितलो देखिएको कांग्रेसकै नेता तथा कार्यकर्ताले बताएका छन्। नेता तथा कार्यकर्ताहरुले यो जागरण अभियानबाट जुन उत्साह र पार्टी एकीकृत हुने सोचेका थिए त्यो हुन नसकेपछि पार्टी शिर्ष नेताहरुबाटै असन्तुष्टि समेत व्यक्त भएका छन्। जागरण अभियानलाई गुटगत शक्ति संघर्षको माध्यम पनि बनाइँदा न यसले नेताहरुलाई जोड्न सक्यो न कार्यकर्ता एकतावद्ध भए। भएका सहर र सदरमुकाम केन्द्रित कार्यक्रममा नेताहरुले न स्पष्ट दृष्टिकोण दिन सके, न सरकारको बस्तुनिष्ठ आलोचना नै।

सो जागरण अभियानका क्रममा अधिकांश जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका थिए। त्यस्तै काम नगरी नेताका वरिपरि घुमेर चाकडी गर्ने परिक्रमी भन्दा परिश्रमीलाई महत्व दिन र सोहीअनुसार मूल्याङ्कन गर्नुपर्ने सुझाव जागरणमा मुख्यरुपमा उठेको थियो। कांग्रेसले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, बढ्दो महँगी, असुरक्षा, भ्रष्टाचारलगायत विषयका विरुद्ध पार्टीले कार्यक्रम बनाई जनतामा जानुपर्ने सुझाव आएको अभियानमा खटिएका कांग्रेस नेताहरुले बताएका छन्। साथै गुटउपगुटका आधारमा नभई पार्टी संस्थागत र पद्धतिका आधारमा चल्नुपर्ने कांग्रेसजनको सुझाव छ।  

जागरण अभियान व्यापक रूपमा गर्ने भने पनि पार्टी भित्रको लथालिङग संरचना र केन्द्रीय नेतृत्वमा रहेको असन्तुष्टिका कारण प्रभावकारी नदेखिएको हो। जागरण अभियानलाई प्रभावकारी बनाउन नेतृत्वले अनुशासन समिति परिचालन गरे पनि पार्टीको संरचना प्रदेश र स्थानीय तहमा नबनाएका कारण प्रभावकारी बन्न नसकेको देखिएको छ।

जनपक्षीय मुद्दा नहुनु, सरकारको गलत कामको प्रतिवाद गर्न नसक्नु, फरक–फरक समूहका नेताबीच दोषारोपण चल्नु र शीर्ष तहकै नेताले महाधिवेशनको माहोल बनाउने प्रयास गर्नुले अभियान प्रभावकारी नभएको तर्क कार्यकर्ताले गर्ने गरेका छन्। अभियानको दोस्रो चरण आगामी भदौ २४ गते विपि जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ। तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ मेलमिलाप दिवसमा समापन हुने गरी तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।