काठमाडौं – सवारी दुर्घटनामा परि शुक्रबार राति काठमाडौंको माइतीघरमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बा १७ च ४३८४ नम्बरको कार र बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको मृत्यु भएको हो।
यस्तै मोटरसाइकलमा सवार तेह्रथुम घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएका छन्। उनको नर्भिक अस्पतालमा उपचार भैरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४