सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारमाथि दबाब बनाउने राप्रपाको स्वाभिमान यात्रा शुक्रबारदेखि

सरकारमाथि दबाब बनाउने राप्रपाको स्वाभिमान यात्रा शुक्रबारदेखि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणअन्तर्गतको ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुक्रबारदेखि सुरु गर्ने भएको छ। जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुक्रबारदेखि सुरु हुने पार्टीका सहमहामन्त्री राजाराम बर्तौलाले नेपाल समयलाई बताए।

मुक्तिनाथ मन्दिरमा धार्मिक अनुष्ठान गरि स्वाभिमान यात्रा सुरु हुने छ। दोस्रो चरणअन्तर्गत शुक्रबार मुस्ताङको मुक्तिनाथबाट सुरु हुने यात्रा म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर लशयात्रा र आमसभा गरि जेठ २७ गते सम्पन्न हुनेछ।

यसैबीच राप्रपाका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गर्न स्वाभिमान यात्रा सफल हुने दाबी गरेका छन्। मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा बिहीबार आयोजित कार्यक्रममा उनले हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको प्रजातन्त्रलगायत २२ बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने उद्देश्यले यात्रा सुरु गरिएको बताए।

अध्यक्ष थापाले विप्लवको विद्रोह मुलुकमा चूनौतीका रुपमा देखिएको बताउँदै उनले सत्ता केन्द्रितभन्दा बढी नीति केन्द्रित भएर राजनीतिक गर्ने र समान विचार भएका दलहरुसँग एकताका लागि प्रयास जारी राख्ने बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।