पाँचथर - पाँचथरको सदरमुकाम फिदिम बजारमा भिषण आगलागी भएको छ। आगलागीबाट तीन घर तथा एक होटल जलेर नष्ट भएको छ। फिदिम नगरपालिका- १ स्थित मेन लाइनको एक होटलबाट आगलागी सुरु भएको प्रहरीले बताएको छ।
फिदिम नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ। आगलागीको कारण र क्षतिबारे खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४