काठमाडौं - पत्रकार विराट अनुपमको नाक भाँच्ने धम्की दिएर विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन्।
प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जिम्मेवार पदमा रहेका चौधरीले स्वतन्त्र पत्रकारिताको मूल्यविपरीत धम्की दिएको बताए। उनीहरूले चौधरीमाथि फौजदारी कानुनअन्तर्गत कारबाही गर्न माग गरेका छन्।
कांग्रेस सांसद सुजाता परियारले भनिन्, ‘इटहरीको मेयरको हर्कत के हो रु पत्रकारमाथि आक्रमणको धम्की दिने रु हामीले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धि यही हो रु उनलाई कारबाही गरियोस्।’
सांसद हीरा गुरुङले मेयर चौधरीले दुई तिहाइको दम्भ देखाएको आरोप लगाइन्। ‘मेयरलाई फौजदारी अपराधअन्तर्गत कारबाहीको दायरामा ल्याउनुपर्छ। कानुनी राज्यमा कसैलाई पनि धम्की दिन पाइँदैन’, गुरुङले भनिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४