सोमबार, साउन २५, २०८३

‘कागजको घोडाले रेल र पानीजहाज आउँदैन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले वर्तमान सरकारले ल्याएको बजेटलाई कागजी घोडाको संज्ञा दिएका छन्। प्रतिनिधिसभा बैठकमा बिहीबार खाँडले भने, ‘यो कागजको घोडाले देशमा समृद्धि आउँदैन। रेल र पानीजहाज पनि भित्रिँदैन।’

६५ वर्षका नागरिकलाई पनि समाजिक सुरक्षा भत्ता दिनुपर्ने माग खाँडले गरे। यसअघिका सरकारले विभिन्न घातक रोगबाट पीडितलाई मासिक ५ हजार दिने गरेको बताउँदै यसपटकको सरकारले त्यो कटौती गरेकोले त्यसलाई निरन्तरता दिनुपर्ने खाँडले बताए। 

कर्मचारीको तलब वृद्धिबारे खाँडले भने, ‘यो सामान्य वृद्धि हो। यसलाई मिलाउनुपर्छ। कर्मचारीको तलब वृद्धि कसैले विरोध गरेको छैन। यो समान्यवादी तलब वृद्धि भयो। यसले झन् असमानता बढायो।’ उनले भने, ‘सामान्य पदका लागि महंगी नलाग्ने? ठूलालाई मात्र लाग्ने? यसलाई गम्भीरतापूर्वक लिइयोस्।’

उनले भने, ‘बजेट कागजको घोडा जस्तो भयो। न यसले घाँस र दाना खान सक्ला न त यसले भारी बोक्न सक्ला।’ बजेट ऋणात्मक रहेको उनले बताए। उनले भने, ‘पुँजीगत खर्च गरेर शान्ति र समृद्धि ल्याउनुपर्‍यो नि। पुँजीगत खर्च गर्न नसक्ने, विकास खर्च गर्न नसक्ने, बजेटचाहिँ वृद्धि हुने विकास वृद्धि नहुने?’ ‘उनले प्रश्न गरे, ‘यस्तो खालको बजेटले शान्ति र समृद्धि आउँछ भन्नु कागजको कुरा मात्र हो। यो काजगको घोडा कुदाएर कहीं पुगिँदैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।