सोमबार, साउन २५, २०८३

संसदमा सत्तारुढबाटै गुनासो : किन सुन्दैन सरकार ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संसदमा सांसदहरुले बोलेको कुरा सरकारले नसुनेको भन्दै सत्तारुढ दलकै सांसदहरुले आपत्ति जनाएका छन्।

संसदको शून्य समय अथवा विशेष समयमा सांसदहरुले गरेको माग वा गुनासोका विषयमा सरकारले ध्यान नदिएको भन्दै सांसदले आपत्ति जनाउँदै आएको छ।

राष्ट्रिय जनता पार्टीले अघिल्लो संसद अधिवेशनबाटै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ। त्यस विषयमा सरकारले अहिलेसम्म ध्यान नदिएको राजपा अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले बताए।

विहीबारको संसद बैठकमा सत्तारुढ दल नेकपाकै सांसद विरोध खतिवडाले शून्य समयमा बोलिएको कुराप्रति सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाए।

‘संसदको शून्य समयको आशाय–मनसाय सरकारले सुन्ने हो। तर गल्ती बस नियमावलीमा अंकगणितको शून्य समय भएको छ। शून्य मै हराएको छ।’ खतिवडाले भने,‘शून्य पनि शक्तिशाली छ। एउटा साहारा पायो भने दश गुना शक्तिशाली हुन्छ।’

सभामुखलाई शून्य समयमा उठेको कुरालाई सरकार समक्ष पुर्‍याउनमा मदत गर्न आग्रह गर्दै खतिवडाले भने,‘सभामुख साहारा भएर उभुदिनस् हामी एक–एक वटा शुना थपेर दश गुणा शक्तिशाली हुन्छौं। त्यसपछि शून्य समय पनि अर्थपूर्ण हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।