सोमबार, साउन २५, २०८३

चन्दा नदिएपछि मेयरमाथि नै कुटपिट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रौतहट- चन्दा नदिएको भन्दै रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिल कुटिएका छन् । स्थानीय युवाहरुले मुस्लीम भएर पनि मुस्लीमको पर्व मनाउन चन्दा नदिएको भन्दै कुटपिट गरेका हुन् ।
 
मेयरसकिललाई मंगलबार राति राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको स्थानीयले बताए । मस्जिदमा नमाज पढ्न गएका मेयर सकिलसँग स्थानीयले आर्थिक सहयोग मागेपछि उनले अहिले तत्काल खल्तीमा नभएको र भोलि दिने बताए लगतै कुटपिट गरेको बताइएको  छ।
 
इदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए । इदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिमलगायतका व्यक्तिहरुले आक्रमण गरेको मेयर सकिलले जानकारी दिए ।

केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलले बताए । टाउकोमा चोट लागेका उनी उपचारपछि घर फर्किएका छन् । 

मेयरमाथि हातपात गर्ने समुहको पहिचान भएको र खोजी कार्य तिब्र पारिएको रौतहट प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।