काठमाडौं- नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा यो पटक २४० जना मात्र विद्यार्थी भर्ना गर्न सिफारिस गरिएको छ।
सर्वोच्च अदालतले जेठ ६ गते क्याम्पसको क्षमता, भौतिक अवस्था र शिक्षकको संख्याको आधारमा भर्न गर्न गर्न अन्तरिम आदेश दिएलगत्तै उक्त क्याम्पस प्रशासनले सहायक क्याम्पस प्रमुख नवीनकुमार सुब्बको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले यस्तो सुझाव दिएको हो।
समितिका संयोजक सुब्बाले ६० का दरले चार कोठामा २४० विद्यार्थीलाई भर्ना सिफारिस गरिएको बताए। ९३ शिक्षकको दरबन्दी रहेको उक्त क्याम्पसमा हाल ५४ जना स्थायी शिक्षक छन्। यसमा पनि ४७ जनाले मात्र पढाउने गरेका छन्।
एक्र समितिले क्याम्पसको सम्पूर्ण भौतिक, प्रशासनिक र शैक्षिक विषयमा अध्ययन गरी करिब दुई साताअघि क्याम्पसप्रमुख डा डीएन पराजुलीसमक्ष प्रतिवेदन बुझाएको थियो। त्रिवि विद्या परिषदले गत वर्ष ५०० विद्यार्थी भर्ना गर्नेगरी कोटा निर्धारण गरेकोमा विद्यार्थी संगठनहरूको दबाबमा १० हजार ८५८ विद्यार्थी भर्ना गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४