सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभा वैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रममा सुरुङ्गबाट खानेपानी पुर्याउनदेखि आफ्नै हवाई सेवा सञ्चालनसम्मका योजनाहरु समावेश गरिएका छन्। नीति तथा कार्यक्रममा दैलेखको लोहोरे खोलाबाट सुरुङ्गबाट खानेपानीको सुविधा उपलब्ध गराउने उल्लेख गरिएको छ।
त्यस्तै प्रदेशका हरेक स्थानीय तहमा एक एक एम्बुलेनस सेवा सञ्चालन, भेरी बबई डाइभर्सनमा ९ मेघावाटको विद्युत उत्पादन गर्नेसम्मका योजनाहरु नीति तथा कार्यक्रममा समेटिएका छन्।
नीति तथा कार्यक्रमका महत्वपूर्ण योजनाहरु –
मुख्यमन्त्री रोजगार कार्यक्रम
जुम्लाको सिजा र दैलेखको दुल्लुमा साँस्कृतिक संग्राहलय निर्माण
एक जिल्ला एक बहुप्राविधिक कलेज स्थापना
पर्यटकीय क्षेत्रमा केवलकार, गुरिल्ला पदमार्ग निर्माण
कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्लामा नमूना आवासीय विद्यालय स्थापना
छोरीबुहारी छात्रवृत्ति कार्यक्रम लागु गर्ने
मुख्यमन्त्री महिला तथा दलित आयआर्जन कार्यक्रम
प्रदेश अस्पताललाई तीन सय शैय्याको शिक्षण अभ्याससहितको विशेषज्ञ अस्पतालको रुपमा विकास गरिने
जिल्ला अस्पतालहरुलाई पचास शैय्यासम्मको बनाउँदै विशेषज्ञ सेवा प्रवाह गर्ने
जोखिममा परेका गर्भवती तथा सुत्केरी आमा र बच्चाको जीवन रक्षाका लागि हवाइ उद्धार सेवा सञ्चालन
पत्रकारलाई स्नात्तकोर अध्ययनमा छात्रवृत्ति
कर्णाली हवाई सेवा सञ्चालन गरिने
कर्णाली खेलकुद परिषद्
हुम्लाको सिमकोट, मुगुको रारा र डोल्पाको शेफोक्सुण्डोमा विद्युतीय पुस्तकालयको स्थापना
‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’
पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना
पूर्वाधार विकास बैंक स्थापना
उज्यालो कर्णाली अभियान
‘एक घर एक धारा’ कार्यक्रम लागु गरिने
कर्णालीको आफ्नै हवाइ सेवा संचालन
विपद् तथा भोकमरीको समयमा उपयोग गर्न सकिने गरी “जन भकारी” कार्यक्रम
नीति तथा कार्यक्रमको पूर्णअंश
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४