आइतबार, साउन २४, २०८३

आत्मालोचना गर्न मेयर चौधरीलाई नेकपा नेताको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - पत्रकार विराट अनुपमको ‘नाक भाँचिदिने’ सार्वजनिक अभिव्यक्ति दिएर आलोचित बनेका इटहरीका मेयर द्वारिकलाल चौधरीलाई आत्मालोचना गर्न नेकपाका नेताहरूले सुझाव दिएका छन्। जनप्रतिनिधिले सार्वजनिक रूपमा पत्रकारलाई धम्की दिएपछि नेकपामाथि नै आलोचना हुन थालेपछि नेताहरूले चौधरीलाई सच्चिन सुझाव दिएका हुन्। मेयर चौधरी नेकपाबाट विजयी भएका हुन्।

प्रदेश नम्बर–५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले जनताको बहुदलीय जनवादबाट दीक्षित कार्यकर्ता लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनप्रति प्रतिबद्ध रहन आग्रह गरेका छन्। ‘द्वारिकाजीको आक्रोश पीतपत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति भने अस्वाभाविक र गलत छ’, मुख्मन्त्री पोखरेलले लेखेका छन्, ‘तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुनेछ।’

अर्का नेता योगेश भट्टराईले चौधरीका कतिपय अभिव्यक्ति उनको राजनीतिक उचाइलाई सुहाउने खालको नभएको टिप्पणी गरेका छन्। भट्टराईले लेखेका छन्, ‘तसर्थ आफ्ना भनाइप्रति सार्वजनिक रुपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर चौधरीलाई विनम्र अनुरोध गर्दछु।'
 


 

यो पनि पढ्नुस्

पत्रकारलाई मेयरको अर्को धम्की : करोड खर्च गरेर नाक भाँचिदिन्छु (अडियो)

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।