काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलको लाभकर विवाद हेर्दा हेर्दै असार १० गतेलाई पेसी तोकिएको छ। न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासमा एनसेलको कर विवादमाथिको सुनुवाई सुरु भएको हो।
मंगलबार एनसेलका तर्फबाट कानून व्यवसायीहरुले धारणा राखेका छन्।
गत वैशाख ३ गते ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ कर निर्धारण गरेपछि त्यसविरुद्ध एनसेल वैशाख ९ गते सर्वोच्च गएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४