बिहीबार, चैत १२, २०८२

कानमा पानी पस्यो ? यस्ता उपाय अपनाउनुहोस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कहिलेकाही नुहाउँदा कानमा पानी पस्ने गर्छ। पानी पस्नाले कान बन्द भएर कम सुनिने हुन्छ। कानबाट पानी ननिस्कुन्जेल दिक्क लाग्छ। यस्ता केही उपाय छन्, जसबाट कानमा पसेको पानी निकाल्न सहयोग हुन सक्छ :

हेयर ड्रायरको प्रयोग

कानमा पानी पसेमा हेयर ड्रायारको प्रयोग गर्न सकिन्छ। हेयर ड्रायरको सबैभन्दा कम सेटिङमा राखेर कानभन्दा ३० सेन्टिमिटर पर राखेर ‘ब्लो’ गर्न सकिन्छ। कानको लोतीको अघिपछि पनि ब्लो गर्न सकिन्छ। यसले हेयर ड्रायरमा भएको तापक्रमले भित्र रहेको पानी बाफिएर निस्कन सक्छ।  

न्यानो तापक्रम दिने

मनतातो पानीमा सफा कपडा भिजाएर निचोर्नुपर्छ। जसका कारण कपडामा रहन सक्ने पानी कानमा थप नपसोस्। त्यसपछि कपडालाई कानमाथिबाट जोड दिनुपर्छ। करिब ३० सेकेन्ड यस्तो गर्नुपर्छ। कपडाको न्यानो तापक्रमले पसेको पानीलाई बफ्याएर बाहिर निकाल्न सकिन्छ।

कानको लोतीलाई झट्कार्ने

पानी पसेको कानलाई केही बेर ढल्काएर कानको लोती झट्कार्न सकिन्छ। पानी निकाल्न टाउको यताउता हल्लाउनुपर्छ।

ओलिभ तेलको प्रयोग

तेल हालेर पनि कानको पानी निकाल्न सकिन्छ। यसका लागि केही मात्रामा मनतातो ओलिभको तेललाई सानो कचौरामा राख्ने। तेलका केही थोपा कानभित्र छिराउने। अब भने १० मिनेट जति अर्को पट्टि फर्किएर सुत्ने। यो प्रक्रियाबाट पानी र तेल दुवै सुक्छन्।

घरेलु रक्सी र भिनेगरको प्रयोग

घरेलु रक्सी र भिनेगर प्रयोगले कानमा अड्केको पानीलाई बाफमा परिणत गर्न सक्छ। रक्सीले बिकारी ब्याक्टेरियालाई मार्छ। तपाईंको कान संक्रमित छ भने यो विधि प्रभावकारी नहुन सक्छ।

रक्सी र भिनेगरको समान अनुपात मिलाउने र ड्रायरको प्रयोग गरेर नै तीनदेखि चार थोपा कानमा राख्न सकिन्छ। त्यसपछि कानको वरपर ‘रब’ गर्ने। करिब ३० सेकेन्डपछि, पानी पसेको कान ढल्काउने।

थप मात्रामा पानी छर्कने

पानी पुनः छर्किनाले कानमा अड्किएको पानी बाहिर आउन सक्छ। यसका लागि टाउको सिरानीमा राखेर थोरै पानीका थोपा राख्ने। ५ सेकेन्ड जति यसो गरेपछि कानलाई मुनितिर ढल्काउने। यसबाट पनि कानमा पसेको पानी निकाल्न सकिन्छ।

बाफ लिने

ठूलो भाँडामा पानी मन तातो हुने गरी तताउने। अनुहार कचौरामा टाउकोले छोप्ने र टावलले छोप्ने। बाफलाई ५ देखि १० मिनेट सासबाट भित्र लिने। जसबाट कानमा रहेको पानी निकाल्न मद्दत हुन्छ।

एयरड्रपको प्रयोग

पानी परेको अवस्थामा पनि एयरड्रप किन्न मिल्छ। पानी निकाल्न पनि ड्रपको प्रयोग गर्न सकिन्छ।  तर, यसको लागि फिजिसियनको सल्लाह जरुरी छ।  

डाक्टरलाई कति बेला देखाउने  ?

कानमा पानी पस्नु सामान्य नै भए पनि कतिपय अवस्थामा यो पीडादायी र इन्फेक्सन समेत हुन सक्छ। प्राथमिक उपचारबाट हुन नसकेमा डाक्टरलाई देखाउनुपर्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्