शनिबार, असोज ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालयन हाइड्रोको आइपिओ निष्काशनको बिक्री प्रबन्धकमा जनता क्यापिटल नियुक्त

हिमालयन हाइड्रोको आइपिओ निष्काशनको बिक्री प्रबन्धकमा जनता क्यापिटल नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– हिमालयन हाइड्रो पावर लिमिटेडले आइपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। हिमालयन हाइड्रोले एक सय अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नलागेको हो।

जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैयाँ बराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रहरुको लागि छुट्याइएको छ। आइपिओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ। 

आइपिओ निष्काशन सम्बन्धि सम्झौता लिखतमा जेष्ठ २१ गते हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट काकार्यकारी निर्देशकबिश्व सुवेदीले हस्ताक्षर गरेकाछन्। साथै, कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ।

जनता बैंकको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट कारोबार अनुमतिपाएसंगै जनता र स्पर्श माइक्रोफाइनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी कारोवार सुुरु गरिसकेको छ।  जनता क्यापिटल लिमिटेडले छिट्टै नै लगानी ब्यवस्थापन सेवासञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्