आइतबार, साउन २४, २०८३

इन्भेष्टमेन्ट बैंकको बैंक बण्ड २०८२ योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १०.५ प्रतिशतका दरले प्रत्येक ६—६ महिनामा ब्याजको भुक्तानी गर्ने गरी दुई अर्ब रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२’ ऋणपत्र निष्काशन गर्ने भएको छ। जेष्ठ २४ गतेबाट निष्काशन गर्नलागेको ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाइसकेको छ। सो ऋणपत्रलाई नविल बाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितो स्वरुप ऋण प्रयोजनको लागि योग्य मानिने र थप, स्टक एक्सचेन्जमा समेत कारोबार हुनेगरी व्यवस्था गरिएको छ।  

बैंकले बफर क्यापिटलको व्यवस्थापनकालागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्ने भएको हो र यसअघि पनि ७५ करोड रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७८’ र ५० करोड रुपैयाँको ‘नेपाल इन्भेष्ट मेन्ट बैंक बण्ड २०७७’ लगायत अन्य निष्काशनहरू पनि गरेको थियो। जुन बजारमा सफल हुन गएको थियो। बैंकले प्रतिऋणपत्र १ हजारका दरले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधरणका लागि निष्काशन गर्ने छ।

सो मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ। सर्वसाधारण लगानी कर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्मकालागि आवेदनदिन सक्नेछन भने संस्थागत लगानी कर्ताहरुले प्राइभेट प्लेसमेन्ट मार्फत अधिकतम हद लागू नहुने गरी आवेदनदिन सक्नेछ।
 
सात वर्ष अवधिको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटलले जिम्मा पाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्