कठमाडौं– महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ। यसै क्रममा बैंकले यही जेष्ठ १५ गते ललितपुर महानगरपालिका–ं ३, झम्सिखेल तथा जेष्ठ १९ गते काठमाडौं महानगरपालिका– १०, शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ।
यी शाखाहरु सञ्चालनमा आएपश्चात् यस बैंकको कुल शाखा संख्या ९५ पुगेका छन्।
बैंकले आगामी दिनमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४