काठमाडौं– अलिपे र विच्याट कम्पनीले नेपालमा कारोबारको लागि राष्ट्र बैंक समक्ष निवेदन दिएका छन्। वर्षौंदेखि अवैधानिक रुपमा कारोबार गरिरहेका यी दुई कम्पनीले बैधानिक रुपमा नेपालमा कारोबार गर्नका लागि राष्ट्र बैंकसमक्ष निवेदन दिएका हुन्। दुबै कम्पनी चिनियाँ भुक्तानी प्रदायक कम्पनी हुन्।
यसअघि राष्ट्र बैंकले स्वीकृति नलिनकन नै कारोबार गरेको भन्दै अबैधानिक रुपमा विच्याट र अलीपे लगायतबाट भइरहेको भुक्तानीलाई पूर्णतया प्रतिबन्ध लगाइसकेको छ।
पछिल्लो समय चिनियाँ पर्यटक मात्र नभएर अन्य देशका पर्यटक र नेपालीहरुले समेत विच्याट, अलिपेबाट भुक्तानी गर्ने क्रम बढेको थियो। नेपालमा अन्य पेपेमन्ट गेटवे पनि सञ्चालनमा छ तर ति पेमेन्ट गेटवे मार्फत नभएर आफ्नै भुक्तानी प्रणाली अवैधानि रुपमा प्रयोग गरेको भनेर राष्ट्र बैंकले पतिबन्ध लगाएको थियो। यी दुई कम्पनीले विदेशी मुद्राको आय र सञ्चितिमाथि नै नकारात्मक असर पारेको राष्ट्र बैंकको ठहर छ।
वीकृति नलिई कारोबार गर्दा विदेशी विनिमय अपचलनको मुद्दा लाग्ने भएकाले पनि उनीहरु बैधानिक हुन खोजेका हुन्।
राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपनन निरौलाका अनुसार अलिपे र विच्याट दुबै कारोबार सञ्चालनको स्वीकृति माग्दै राष्ट्र बैंक पुगेका हुन्। उनीहरुको कागजपत्र अध्ययनपछि स्वीकृति दिने कि नदिने भन्ने निष्कर्षमा राष्ट्र बैंक पुग्ने उनले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४