आइतबार, साउन २४, २०८३

सरकारले खाडीका नेपालीको पसिनामा कर लगायो : कांग्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले खाडीमा पसिना बगाइरहेका नेपालीमाथि करको भार थोपरेको टिप्पणी नेपाली कांग्रेसले गरेको छ। प्रतिनिधिसभामा आइतबार सुरु आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले सरकारले अप्रत्यक्ष रूपमा खाडीमा श्रम गरिरहेका नेपालीको पसिनामा कर लगाएको बताएका हुन्।

‘सरकारको राजस्वको ३७ प्रतिशत रकम भन्सारबाट उठ्छ। त्यसमध्ये १ खर्बभन्दा बढी विप्रेषणले उत्पन्न  मागका कारण आयात हुन्छ र आयातित सामग्रीमा भन्सार लाग्छ। यसरी खाडीमा काम गर्ने युवाको रगत र पसिनामा सरकारले कर लगाएको छ’, डा.रिजालले भने।

उनले नेपालमा वार्षिक ८ खर्ब ७० अर्बको विप्रेषण भित्रिने गरेको बताए। यही रकम सिरानी हालेर सरकारले बजेट बनाएको दाबी गर्दै डा. रिजालले विप्रेषण घटाएर नेपालमै उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानीका लागि बजेट नछ्ुट्याएको बताए।

पूर्वाधार विकास कोषमार्फत प्रत्येक सांसदलाई ६ करोड रुपैयाँ विनियोजन गर्नु संघीयताको मर्म र भावविपरीत भएको भनाइ उनको छ। उनले भने, ‘संघीयतामा विकासका खर्च स्थानीय र प्रदेश सरकारले गर्ने गरी बजेट विनियोजन गर्नुपर्नेमा संघीय संसद्लाई नै सो रकम खर्च गर्नेगरी विनियोजन हुनु संघीयता विपरीत हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्