शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • अर्थ
  • जीवन सारथी योजनाअन्तर्गत सिटिजन लाइफद्वारा तीन लाख प्रदान

जीवन सारथी योजनाअन्तर्गत सिटिजन लाइफद्वारा तीन लाख प्रदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सले जीवन सारथी योजनाअन्तर्गत मृत्यु दाबी भुक्तानी वापत मंगलबार तीन लाख रुपैयाँ रकम भुक्तानी गरेको छ। बर्दिबास महोत्तरीमा एक कार्यक्रमगरी सिटिजन लाइफ बर्दिबासका शाखा प्रमुखले स्वर्गिय श्रीचन महतोकी श्रीमती जानकी महतोलाई उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेका हुन्।

ग्राहक वर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरूले ग्राहकहरूको मन जित्न सफल भएको छ। 

जीवन सारथी योजनाअन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लस मार्फत बिमितले सर्वाधिक २० घातक रोगहरू विरूद्ध ५० लाखसम्मको औषधिउपचार खर्च प्राप्त गर्नेछन्। 

नेपालभर फैलिएका ग्राहकहरूलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका ७३ विभिन्न ठाँउहरूमा आफ्नो शाखा विस्तार गरेको छ। साथै कम्पनीले हालसालै सिटिजन वार्षिक अग्रिम भुक्तानी बिमा योजना सार्वजनिक गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।