आइतबार, साउन २४, २०८३

इन्भेष्टमेण्ट बैक र ह्याम्सबीच सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंक र हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सरजरीबीच अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा छुट दिने सम्वन्धी सम्झौताभएको छ। सो सम्झौतानुसार अनुसार हस्पिटल र  नेपालइन्भेष्टमेण्ट बैंकका भिसा मिस्टर कार्ड ग्राहक, कर्मचारी तथा तीनका आफन्तले उपचारमा १० प्रतिशतसम्म छुट पाउने छन्। 

सो सम्झौतापत्रमा नेपालइन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र हस्पिटलका तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले हस्ताक्षर गरेकाहुन्। 

हाल बैंकले काठमाडौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ। सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा एक सय १२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखा रहित बैंकिङ सेवा मार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ।

बैंक अफ द इयर पाँच  पटक प्राप्त गरिसकेको बैंकले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण इमरजेन्सी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट गतवर्ष इयुरोमनी अवार्ड फर एक्सलेन्स बेस्ट बैंक २०१८ अवार्ड प्राप्त गरेको छ। बैकले रइक्रा नेपालद्धारा प्रदानगरिदै आएको क्रेडिट रेटिङ्गमा ए प्लस स्तरको हासिल गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्