इटहरी - प्रदेश १ सरकारले आगामी जेठ २२ गते आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। बिहीबार मन्त्री परिषद्ले यो बारेमा औपचारिक निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए।
प्रदेश १ ले २०७६ देखि २०८१ सम्मको आवधिक आयोजनाको अवधारणासहितको नीति तथा कार्यक्रम तयार गर्ने कार्कीले बताए। प्रदेश १ मा जेठ १३ देखि चौथों बजेट अधिवेशन सुरु भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४