सोमबार, साउन २५, २०८३

आजका अखबार : प्रचण्ड र ओलीबीच सत्तामा विवाद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
कसैले एकता नसकिदै  सत्तारुढ दल नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच सत्ताका विषयमा देखिएको विवादलाई मुख्य समाचार बनाएका छन् भने कसैले धामी बन्न बालकको बलि चढाएको घटनालाई प्राथमिकतामा पारेका छन् । केहिले अर्थमन्त्री युवराज खतिवडाले बजेटका विषयमा दिएको स्पष्टिकरणलाई पनि महत्वका साथ छापेका छन् । 

आजको नागरिक दैनिकले एकता नसकिँदै सत्तामा विवाद शीर्षकमा मुख्य समाचार छापेको छ । उसले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी वा सरकारमध्ये एकको पूर्ण नेतृत्व आफूले पाउनु पर्ने भनी दिएको अभिब्यक्तिलाई मुख्य समाचार बनाएको हो ।

प्राइम टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रचण्डले आलोपाले सरकार चलाउने विषय उठाएकै दिन सहमतीपत्रसमेत सार्वजनिक गरिएको छ । यो सहमतिपत्र बाहिरिएसँगै  ओली र प्रचण्डबीच भित्रभित्रै विवाद रहेको खुलासा भएको हो । उतिबेलाको लिखित सहमति बाहिर नआए पनि पार्टी र सरकार सञ्चालनमा ओली हावी हुँदै गएपछि त्यो बाहिर आएको हो।

त्यसो त अध्यक्ष दाहालले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ओली र सरकारप्रति गुनासो र असन्तुष्टि प्रकट गर्दै आएका थिए। तर अहिले यस किसिमको असन्तुष्टि मुखर हुँदै आएको छ। जसका कारण पार्टीको एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै सत्ता फेरबदलको कुरा उठेको समाचारमा उल्लेख छ । 

आजको कान्तिपुर दैनिकले पनि यो विषयलाई प्राथमिकताका साथ छापेको छ ।

दाहालले बढाए दबाब शीर्षकमा खबर लेखेको उसले टेलिभिनमा अन्तरवार्ता दिएकै दिन गोप्य भनिएको सहमति पत्र बाहिर सार्वजनिक गरेर पार्टी वा सरकारमध्ये एकको नेतृत्वका लागि प्रचण्डले दबाब दिएको उल्लेख गरेको  छ। प्रचण्डले अन्तरवार्तामा सहमतिबाट दायाँबायाँ गरे कोही नटिक्ने समेत चेतावनी दिएका छन् ।
 
यस्तै कान्तिपुरले देवी खुसीपार्न भन्दै धनुषामा एक झाक्रिले अढाई वर्षे बालकको निर्मम हत्या गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

२५ दिन लामो अनुसन्धानपछि प्रहरीले यो तथ्यको खुलासा गरेको हो । दुई वर्षदेखि धामी झाँक्री विद्या सिकिरहेका शत्रुघ्न महतोले देवी खुसी पार्न र आफ्नो शक्ति बढाउन बालकको बलि दिएको स्विकार गरेको समाचारमा उल्लेख छ । 

यसै विषयलाई अन्नपूर्ण पोस्ट्ले पनि मुख्य समाचार बनाएको छ । धामि बन्न बालकको हत्या शीर्षकमा उसले खबर लेखेको छ । चमेनी माईको भाकल पुरा गर्न बालकको झाँकी शत्रुघ्न महतोले बली दिएको समाचारमा उल्लेख छ । 

नयाँ पत्रिकाले भने प्रधानमन्त्री केपी शर्मा ओली नरेन्द्र मोदीको सपथमा सहभागी हुन भारत जाँदा दिनभरको उडान अस्तव्यस्त भएको विषयलाई मुख्य समाचार बनाएको छ। उसले यसै प्रसंगसँग जोडेर मेक्सिकोकी वातावरणमन्त्रीले आफ्नो कारण ३८ मिनेट उडान ढिलो हुँदा राजनीनामा गरेको समाचारमा उल्लेख गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।