काठमाडौं - नेपाल समय मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्युज पोर्टल नेपाल समय डट कम दोस्रो वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा बुधबार केन्द्रीय कार्यालय काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा नेपाल समय डट कमका निर्देशक तरुणप्रताप साह, सम्पादकीय निर्देशक मुमाराम खनाल र सम्पादक विष्णु सुवेदीले संयुक्त रुपमा केक काटेका थिए।
सो अवसरमा सम्पादकीय निर्देशक खनालले नेपाल समय अब प्रतिस्पर्धाको बजारमा खरो भएर उत्रिनुपर्नेमा जोड दिए। त्यसैगरी सम्पादक सुवेदीले नेपाल समय डट कमलाई लोकप्रिय न्युज पोर्टल बनाउन विशेष रणनीतिका साथ अघि बढ्ने बताए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४