शुक्रबार, असोज ३०, २०८३

बजेटको पूर्वसन्ध्यामा नेप्सेमा झिनो सुधार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – बजेटको पूर्वसन्ध्यामा नेप्से बजारमा झिनो सुधार आएको छ। मंगलबार सेयर बजार परिसुचक (नेप्से) २.५३ अंकले बढेर १३०५ अंकमा अडिएको छ। दिनभर ७५ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

मंगलबार होटल, निर्जिवन बीमा, लघुवित्त, जीवन बीमा र अन्य समूहको परिसुचक ओरालो लागेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत, फाइनान्स, उत्पादनमूलक र म्याचुअल फण्ड समूहको परिसूचक भने उकालो लागेको छ। 

यसदिन शिवम् सिमेन्टको १६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने प्रभू बैंकले १६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यसैगरी नेपाल बैंक लिमिटेडको पनि पाँच करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। 

मंगलबार कमाउनेहरुमा ज्योति विकास बैंक, रिलायन्स फाइनान्स, शिवम् सिमेन्ट, स्पर्श लघुवित्त वित्तिय संस्था र कन्काइ विकास बैंक रहेका छन् भने सबैभन्दा बढी गुमाउनेहरुमा माउन्ट हाइड्रो नेपाल लिमिटेड,जोशी हाइड्रोपावर डेभलपमेन्ट, हिमालयन डिस्टिलरी, सिभिल लघुवित्त वित्तिय संस्था, दिव्यश्वरी हाइड्रोपावर लगायत कम्पनीले धेरै गुमाएका छन्।  

आगामी आर्थिक वर्षको लागि सरकारले जेठ १५ गते (बुधबार) बजेट ल्याउदै छ। नयाँ बजेटले नयाँ कार्यक्रमहरु ल्याउने आश भने लगानीकर्ताहरुमा देखिएको छैन। कम्युनिष्ट सरकारले लगानीमैत्री बजेट ल्याउनेमा लगानीकर्ताहरु विश्वस्त नभएको देखिन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्