आइतबार, साउन २४, २०८३

बजेट जेठ १५ साँझ ४ बजे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट यही जेठ १५ गते बजेट प्रस्तुत गर्ने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा १५ गते ४ बजे बजेट प्रस्तुत हुने संसद् सचिवालयले जनाएको हो।  
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि आय व्यय विवरणसहित बजेट प्रस्तुत गर्नेछन्। राष्ट्रिय आयोजना आयोगले १४ खर्ब ९३ अर्बको बजेटको सिलिङ दिएको छ। सरकारले यही सिलिङभित्र रहेर बजेट प्रस्तुत गर्ने सम्भावना कम छ।

सामाजिक सुरक्षा भत्ता कम्तीमा पाँच सयदेखि एक हजार रुपैयाँ बढाउनुपर्ने दबाब छ। यसबाट १७ अर्ब रुपैयाँ थप व्ययभार पर्नेछ। सरकारी कर्मचारीको पनि तलब बढाउनुपर्ने र सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा १० करोड रुपैयाँ विकास खर्च मागेका लगायतका कारणले आयोगको सिलिङमा रहेर बजेट पेस गर्न सरकारलाई कठिन रहेको अर्थशास्त्रीहरुले बताएका छन्। अर्थशास्त्री विश्व पौडेलले नेपालमा आगामी आवका लागि १५ खर्ब रुपैयाँको बजेट पर्याप्त हुने बताए।
    
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्