आइतबार, साउन २४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ ११ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

कमल थापाको दाबी : 'भाजपा जस्तै राप्रपा अग्रणी शक्ति बन्छ' 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले हिन्दुत्वको ऐजेण्डा बोक्ने राप्रपा देशको अग्रणी शक्ति बन्ने दाबी गरे।

नरेन्द्र मोदीको मायावी आँधीको अर्थ

भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी र उसको गठबन्धनले झन्डै दुई तिहाइ सिटको बराबर संख्यामा विजय हासिल गरेको छ। कुल ५ सय ४२ सिट संख्या रहेको भारतीय संसद्को तल्लो सदन लोकसभामा भारतीय जनता पार्टी र उसको गठबन्धनले कुल ३ सय ५२ सिट जितेको छ। यो संख्या दुई तिहाइ बहुमतका लागि जम्मा ९ सिटको कमी हो। यसभन्दा अघिल्लो सन् २०१४ को निर्वाचनमा भाजपा गठबन्धनले ३ सय ३६ सिट प्राप्त गरेको थियो। भाजपा गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त नगरे पनि भाजपा एक्लैको सिट संख्याले सरकार बनाउन स्पष्ट बहुमत प्राप्त गरेको छ।

नारायणकाजी भन्छन् : हामी सबै खत्तम !

लोकतन्त्र, राष्ट्रियता, मानव अधिकार, सुशासनका विषयमा हामी गम्भीर हुनैपर्छ। लोकतन्त्रका सार्वभौम मान्यतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ। हाम्रो दल नेकपा यसमा अडिग छ। हामीले परम्परागत कम्युनिस्ट विचारधारा अवलम्बन गरेजस्तो चीन र क्युबाको शासन शैली अपनाएको छैनौं। आफ्नै संविधानअनुसा अगाडि बढेका छौं।

बैंककबाट क्यानडा हिडेका तीन सय युवा जब काठमाडौंमा ओर्लिए...

मानव तस्करका ठग्ने कला पनि अनौठा हुन्छन्। भोजपुरका परशुराम गुरुङले बेरोजगार युवालाई विदेशी जागिरको प्रलोभनमा ठग्ने एउटा गजब कला देखेर प्रहरी समेत अचम्मित भएको छ। क्यानडा लगायतका मुलुकमा आकर्षक तलबमा जागिर लगाइदिने भन्दै बैंकक लैजाने र त्यहाँबाट सम्बन्धित देशमा उडाउने भन्दै केहीलाई दिल्ली र केहीलाई काठमाडौंमा फिर्ता पठाउने गरेको खुलासा भएको छ।

कीर्तिमानी कामीरिता भन्छन् : ‘सगरमाथा आरोहण मेरो प्यासन’

“सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो ‘प्यासन’ हो”, सगरमाथाको २४ औँ पटक सफल आरोहण गरेर फर्किएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले भने। यही जेठ ७ गते २४ औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आरोही शेर्पाले शनिबार काठमाडौँ फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको स्वागतपछि संक्षिप्त प्रतिक्रिया दिँदै सगरमाथा आरोहणलाई आगमी वर्ष पनि निरन्तरता दिने बताए।

नेपाल भन्छन् : मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन्। उनले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए। 

मेयर कान्डमा बोल्यो कांग्रेस : ‘कर्मचारीलाई बलिको बोको बनाइयो’

पछिल्लो हप्तामा इटहरीका मेयर द्धारिकलाल चौधरी जोडिएका घटनाहरुमा पहिलोपटक नेपाली कांग्रेस इटहरीले औपचारिक अभिव्यक्ति सार्वजनिक गरेको छ। इटहरी उपमहानगरपालिकामा भएको भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना संभव नहुने कांग्रेसले बताएको छ। शनिबार दिउँसो इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली कांग्रेसले इटहरीको भ्रष्टाचार कान्डमा उपमहानगरको नेतृत्वले लाखौँ कुम्ल्याएको अरोप लगाएको छ। 

घट्दैछ भारतीय क्लिंकरको आयात 

स्वदेशमै उत्पादित क्लिंकरको भाउ सस्तिएपछि भारतीय क्लिंकरको आयात परिमाण ओरालो लाग्न थालेको छ। ठूलो लगानीमा क्लिंकर उत्पादन सहितको सिमेन्ट उद्योग धमाधम खुल्न थालेपछि स्वदेशी बजारमै क्लिंकर सस्तिएको हो।

‘गुट उपगुटको कारण कांग्रेस कमजोर’

नेपाली कांग्रेस गुट उपगुटले गर्दा कमजोर भएको नेताहरुले बताएका छन्। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै नेताहरुले पार्टीभित्र विभिन्न नाममा भइरहेको गुटउपगुटलाई निर्मूल नगरेसम्म कांग्रेस बलियो नहुने बताए।

अविवाहित युवती : जहाँ खुलेर यौनका कुरा हुन्छन् !

शनिबार । स्कुल र कलेज बन्द । विद्यालय उमेरका केही युवती भेरीगंगा नगरपालिका-१३ रामपुरको हलमा । त्यही हलमा सेतो कपडामा गीता बिसी सुतिरहेकी थिइन् ।

देउता रिसाउने डरले अझै हटेन छाउपडी

बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ । रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले अझै निरन्तता पाएको भेटिएको हो । 

हत्या अभियोगमा चीनमा एक नेपाली पक्राउ

एक युवतीको हत्या गरेको अभियोगमा चीनको चाक्लाकोटबाट एक नेपाली युवा पक्राउ परेका छन्। रोजगारीको शिलशिलामा ताक्लाकोट पुगेको हुम्ला सर्केगार्ड गाउँपालिका वडा नम्बर २ का तेज बहादुर फडेरा हत्या अभियोगमा पक्राउ परेका हुन्। चिनीयाँ युवतीलाई बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले फडेरालाई  पक्राउ गरेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन्।

बाराको विद्यालयलाई नेपाल बैंकको ५० लाख

बाराको परवानीपुरमा अवस्थित सामुदायिक विद्यालय भवन पुनःनिर्माण गर्न नेपाल बैंक लिमिटेडले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।

जग्गा हालसाविक गर्दा डेढ लाख घुस

सामान्यतया जग्गाको हालसाविक गर्दा तोकिएको न्यूनतम शुल्क बाहेक अरू कुनै रकम तिर्नु पर्दैन तर नापी कार्यालयका कर्मचारीले मोटो रकम लाग्ने भन्दै सेवाग्राहीसँग घुस लिने गरेको पाइएको छ । 

भारतीय राष्ट्रपतिले गरे लोकसभा विघटन

भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन्। भारतमा हालै भएको १७ औ लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रुपमा घोषणा भएको भोलीपल्ट राष्ट्रपतिले शनिबार लोकसभा विघटनको घोषणा गरेका हुन्। 

पूर्व प्रधानन्यायधीश खत्रीको अन्त्येष्टि, आइतबार देशभरका अदालत बन्द हुने

पूर्व प्रधानन्यायधीश नयनबहादुर खत्रीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। खत्रीको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएको थियो। विस १९८० साल असोज ३ गते ललितपूरमा खत्रीको जन्म भएको थियो। २०३३ सालमा सर्वोच्चको प्रधानन्यायाधीश बनेका खत्री २०४२ सालसम्म प्रधानन्यायाधीश रहेका थिए।

विराटनगर भन्सारबाट ३१ अर्ब राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व संकलन गरेको छ। सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो। 

रामेछापमा पराकम्पन

रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको पराकम्पन गएको छ। शनिबार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

अछाममा भिषण आगलागी, सात घर जलेर नष्ट

अछामको ढकारी गाउँपालिका–४ बलातामा भिषण आगलागी भएको छ । आगलागीबाट सात वटा घर जलेर नष्ट भएका छन् भने सयौ पशु चौपाया जलेका छन् । बलाताको बुढाबाडा टोलमा बेलुकी करिव सात बजेतिर लागेको आगोबाट सात घर र घरको गोठमा रहेका सयौ पशु चौपाया जलेको स्थानीयले जनाएका छन् । 

अखाद्य वस्तु मिसाउने ७९ उद्योगमाथि मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो ।

 कोचिङ सेन्टरमा भिषण आगलागी : १९ विद्यार्थीको मृत्यु 

भारतको गुजरात राज्यको सुरतस्थित एक सपिङ कम्पलेक्समा आगलागी हुँदा १९ विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार अपराह्न सपिङ कम्पलेक्समा सञ्चालित कोचिङ सेन्टरबाट सुरु भएको आगोमा परि त्यहा पढिराखेका १९ विद्यार्थीको मृत्यु भएको हो । भवनको दोस्रो तलामा रहेको कोचिङ सेन्टरमा अचानक आगो सल्किएपछि विद्यार्थीहरुबीच भागाभाग मच्चिएको थियो । तीन तले भवनको छतसमेत आगोको लप्काले ढाकेपछि विद्यार्थी र भवनका अन्य मानिस झ्यालबाट हाम्फालेका थिए । 

संस्कृती जोगाउन थारु विवाह घर

 वीरगंज महानगरपालिका वडा नम्बर ३१ सोलखपुरस्थित थारु बाहुल्यता रहेको बस्तीमा विवाह भवन तथा थारु नाच घर निर्माण सुरु भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।