मंगलबार, वैशाख २९, २०८३

विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - नेपाल राष्ट्र बैंकले ६ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ। बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई उक्त परिमाणको ऋणपत्र बिक्री गर्न लागेको हो।
 
सो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ। सो ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिकरुपमा गरिने बैंकले जनाएको छ। घटीमा रु ५० र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्