काठमाडौं- आज जेठ २ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनी अर्बौ रुपैयाँको व्यापार घाटा बेहोर्दै आएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता भएको एक बर्षपछि जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको टुंगो लगाएको छ।
रुपन्देहीको नेपाल भारत सीमा क्षेत्रमा गोली चलेको छ। रुपन्देही सदरमुकाम भैरहवादेखि दक्षिणमा पर्ने शंकरपुर नाकामा गोली चलेको हो।
इञ्जिनीयरको नै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हुन्छ भन्ने पत्याउन आम मानिसलाई गाह्रो पर्छ। आमजनतालाई पत्याउन गाह्रो परेजस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा इञ्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको तथ्य फेला परेको हो।
शुक्रबार पार्टी एकता प्रक्रियालाई सम्पन्न गर्नका लागि नेकपाका नेताहरू बिहीबार दिनभरी छलफलमा जुटेका छन्। बिहीबार बिहानदेखि नै प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेललगायतका नेताहरू विभिन्न चरणमा छलफलमा जुटेका छन्।
कसैले चलेको कम्पनीको नाम लिएर कुनै काम गरिदिन्छु भन्यो भने तपाईंमा तत्कालै विश्वास गर्ने बानी त छैन ? यदी यस्तो गर्नुभएको भए सावधान हुनुहोस् र कुनै कम्पनीको कर्मचारी बनेर सेवा उपलब्ध गराउँछु भन्ने मान्छे यकिन नगरी उसलाई काम नदिनुहोस्। त्यस्ता व्यक्ति सम्बन्धित कम्पनीको कर्मचारी हो या होइन पहिले प्रष्ट भएर मात्र काम लगाउनुहोस्। नत्र ठगिन सक्नुहुन्छ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले सरकार नियन्त्रित डेमोक्रेसीको पथमा अग्रसर भइरहेको आरोप लगाएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले उक्त आरोप लगाएका हुन्।
प्रदेश २ का प्रहरी प्रमुख हरिबहादुर पालले गलत काम गर्नेलाई कुनै हालतमा नछोडिने बताएका छन्। समाज र राष्ट्रको लागि इमानदारीसाथ काम गर्न आफू तत्पर रहेको भन्दै डीआईजी पालले कानूनविपरित हुने कुनै काम सह्य नहुने स्पष्ट पारे।
सीके राउतसँग असन्तुष्ट पक्ष र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण भएको छ। स्वतन्त्र मधेश गठबन्धनका नेतृत्व गरिरहेका राउत मूलधारको राजनीतिमा आएको केही दिन नबित्दै असन्तुष्ट पक्षले डा.मानोज मुक्तिको नेतृत्वमा रहेको जनतान्त्रिक मुक्ति मोर्चासँग एकीकरण गरेको हो।
पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला काठमाडौंमा आराम गर्दैछन्। हालै दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफन्तको जन्मदिन मनाउन पूर्वराजा शाह परिवारसहित पुगेको तस्बिर सार्वजनिक भएको थियो।
कांग्रेस युवा नेता गगन थापाले प्रदेशका मुख्यमन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी भएको बताएका छन्। ‘संघीयता कार्यान्वयनको सम्बन्धमा सबै प्रदेशका मुख्यमन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी जस्ता भए।’ कांग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटकाट कार्यक्रममा नेता थापाले भने, ‘वर्तमान सरकारकै कारण संघीयता कार्यान्वयनमा समस्या देखियो।’
तपाईं हामी धेरैलाई लाग्छ, विदेश गएपछि रुखबाट पात टिपेजसरी पैसा कमाउन पाइन्छ। विदेशमा त सुख भइहाल्छ। तर भनेजस्तो कहाँ हुन्छ ? आफ्नो घरपरिवार छाडेर पराया मुलुकमा गएर पैसा कमाउन त्यति सजिलो छैन।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (बिहीबार) काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।
गत साता नेपाल प्रहरीका विशिष्ट श्रेणीका एआइजी धिरु बस्नेत पहिलो श्रेणीको दरबन्दी रहेको सुरक्षा परिषद्मा तानिए। त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख शेरबहादुर बस्नेतभन्दा जुनियर डिआजी शैलेश थापा महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा ल्याएपछि विमानस्थल पुगेको ४५ दिनमै डिआइजी बस्नेतलाई सुरक्षा परिषद्मा सरुवा गरियो।
कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय नागरिकको मृत्यु भएको छ भने चिलीका एक नागरिक बेपत्ता भएका छन्। यस वर्षको आरोहण सुरु भएसँगै गएका उनीहरुको मृत्यु भएको हो। पर्यटन विभागले उनीहरुको बुधबार राति मृत्यु भएको पुष्टि गरेको छ।
डेढ दशकभन्दा बढीको पर्खाइपछि विशेष आर्थिक क्षेत्र (सेज) मा एउटा उद्योग सञ्चालनमा आएको छ। भैरहवास्थित सेजमा शक्ति मिनरल्स प्रालि सञ्चालनमा आएको हो। सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, ‘१६ वर्षदेखिको प्रयासले बल्ल सार्थकता पाएको छ। अब उद्योग सञ्चालनको गतिले निरन्तरता पाउनेछ।’
लोकतन्त्रका आधारभूत विशेषतामध्ये प्रेस स्वतन्त्रतालाई एउटा महत्त्वपूर्ण पक्ष मानिन्छ। त्यसैले मिडियालाई सरकारको चौथो अंग भनिएको हो। र, नेपालको संविधानले पनि प्रेस स्वतन्त्रताको यही मर्मलाई आत्मसात् गरेर पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेको छ। लोकतन्त्रको आन्दोलनमा कैयौं पत्रकारहरुले जेलनेल, अंगभंग र हत्यासम्मको मूल्य चुकाएर लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षा गरेको तथ्यलाई यहाँ स्मरण गर्न आवश्यक छ।
लामो समयदेखि अलपत्र चाबहिल-साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र शुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र शुरु गरेको हो ।
नेपाली काँग्रेसका नेता गगन थापाले सरकार निरकुंश बन्दै गएको आरोप लगाएका छन् ।
अष्ट्रेलियामा जारी १८ औं विश्व र्याफ्टिङ च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालले पुरुषको स्प्रिन्ट विधातर्फ पाँचौ स्थान हासिल गरेको छ । क्वीन्सल्यान्डस्थित टाली नदीमा बिहिबार भएको प्रतिस्पर्धामा नेपालले निर्धारित दुरी २४७.७८ सेकेन्डमा पुरा गर्दै पाँचौ स्थान हासिल गरेको हो ।
ललितपुर महानगरपालिका धापाखेलस्थित आरके कार्पेट एण्ड ह्याण्डिक्राफ्ट प्रालिमा आगलागी भएको छ ।
प्रधानमन्त्रीले प्रयोग गरेको असंसदीय शब्द हटाएको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र सभामुख कृष्णबहादुर महराबीच चिसो बढेको छ ।
काठमाडौंको कालोपुलमा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । कालोपुल नजिकै डेरा गरी बस्ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्कालाई बुधबार राति एसिड प्रहार गरेका हुन् ।
लामो विवाद र रस्साकस्सीपछि अन्तत नेकपाको पोलिटव्युरो गठनमा देखिएको विवाद सल्टिएको छ । शीर्ष नेताहरुले लामो कसरत गरेर टुङ्गो लगाएको नाम पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली स्वदेश फर्किएसँगै सार्वजनिक गरिएको छ ।
वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेटको ड्राफ्टमा नेपाली चार खेलाडीको नाम अमावेश भएको छ । सिपिएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहित अन्य तीन खेलाडी समावेश भएका छन् ।
'फुलेर फुल', 'अरुले भन्दा', 'तिम्रो हातमा' जस्ता गीतका गायक प्रनिम राईले आफ्नो नयाँ गीत 'सुनसान रातमा' सार्वजनिक गरेका छन्। हाल अमेरिका रहेका गायक प्रनिम आफ्नो बेस्त समयको बावजुद पनि गीत संगीतमा निरन्तर अघि बढी रहेका छन्।
बलिउड नायिका दिशा पाटनी र टाइगर श्राफ प्रायः प्रेमका विषयमा चर्चामा रहने गरेका छन्। उनीहरू यतिबेला आपसमा निकै आनन्द लिइरहेका छन्। यस्तै अवस्थामा उनीहरू बुधबार राति एक स्टुडियोबाहिर देखिए। टाइगरले दिशाको कम्मरमा हातले बेरेको तस्बिर सार्वजनिक भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४