टाइगरले दिशाको कम्मरमा हात लगाएपछि...

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/Hatkata.jpg

मुम्बई - बलिउड नायिका दिशा पाटनी र टाइगर श्राफ प्रायः प्रेमका विषयमा चर्चामा रहने गरेका छन्। उनीहरू यतिबेला आपसमा निकै आनन्द लिइरहेका छन्। यस्तै अवस्थामा उनीहरू बुधबार राति एक स्टुडियोबाहिर देखिए। टाइगरले दिशाको कम्मरमा हातले बेरेको तस्बिर सार्वजनिक भएको छ।

उनीहरू आफ्नो प्रेमबारे केही बोल्दैनन्। तर, उनीहरूका क्रियाकलाप र तस्बिरहरूले उनीहरूबीच प्रेम रहेको प्रस्ट छ।

दिशा र टाइगरको शरीरको माथिल्लो भागको पहिरन सेतो रङको छ। दिशाको ड्रेसअप निकै आकर्षक छ। जसमा उनी निकै हट देखिएकी छन्। उनको कम्मरमा हात राख्दै टाइगरले थुप्रै पोज दिएका छन्।

टाइगरको हालै फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ रिलिज भएको छ। टाइगर चाँडै अर्को फिल्म खेल्ने योजनामा छन्। उनी छिट्टै हलिउडमा पनि देखिनेछन्।

उता दिशा पनि आजभोली मंगलको सुटिङ्गमा व्यस्त छिन्। दिशालाई सलमान खानका साथ फिल्म ‘भारत’ मा पनि देख्न सकिने छ।




प्रतिक्रिया