शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एशियन लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सबीच बीमा सम्झौता

एशियन लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सबीच बीमा सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्‍याउने उद्देश्यले मंगलबार एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडले ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौता गरेका छन्। 

उक्त संझौतापत्रमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र जानकी फाइनान्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिश कुमार सिंहले जनकपुरमा एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन्। अब जानकी फाइनान्सको सबै शाखाहरुबाटसमेत एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्