शनिबार, साउन २३, २०८३

रेल किन्न सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – भारतसँग दुई सेट रेल किन्न सम्झौता भएको छ। नेपालले दुई सेट रेल किन्न रेल विभाग र भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडबीच सम्झौता भएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाल र भारतका सरकारी अधिकारीबीच रेल खरिद सम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार पहिलो सेट रेल ३ महिनाभित्र भारतले उपलब्ध गराउने भएको छ भने दोस्रो सेट रेल आउन केही समय लाग्ने छ। 

रेलका हरेक सेटमा ५ वटा डिब्बा रहनेछन्। ती डिब्बामा एकपटकमा एक हजार तीन सय यात्रु अटाउनेछन्। नेपालले पहिलो रेल भारतको जयनगरबाट कुर्तासम्म सञ्चालन गर्ने भएको छ। यसको दुरी ३४ किलोमिटर रहेको छ। सरकारले रेल खरिदका लागि गत चैतमा विभागलाई स्वीकृति दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्