बिहीबार, असोज ११, २०८०

जेल जीवन बिताइरहेका निर्दोष सैनिकबारे सबै बोलौं

अब दुई सैनिक जवानमाथि भएको यातनाको क्षतिपूर्ति कसले दिने? उनीहरूका परिवारले पाएको सास्तीको मूल्य कसले तिर्ने? र आइन्दा नेपाली सेनाभित्र हुने यातना न्यूनीकरण गर्न कस्तो कानुनी प्रावधान अवलम्बन गर्ने भन्ने विषयमा राज्य र अझ सैनिक नेतृत्व गम्भीर हुनैपर्छ।
 |  सोमबार, भदौ ७, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

देश र जनताको सुरक्षामा खटिने प्रण लिएर सैनिक सेवामा जीवन अर्पण गरेका सरोज तामाङ र लबकुमार गुरुङले आफ्नै संगठनभित्र पाएको यातना मानवीय कानुन, मानव अधिकार र सैनिक ऐनका दृष्टिकोणबाट आपत्तिजनक छ। हतियार चोरीको अभियोगमा जेलमा राखिएका उनीहरू निर्दोष देखिएसँगै नेपाली सेनाभित्रको अपराध अनुसन्धान प्रक्रिया कति फितलो रहेछ भन्ने पनि पुष्टि भएको छ। घटनाको गहन अनुसन्धान नै नगरी जंगी कानुनको समेत धज्जी उड्ने गरी निर्दोष व्यक्तिलाई जेलमा हालेर नेपाली सैनिक नेतृत्वले गरेको गम्भीर त्रुटिले कानुनी शासनको उपहास मात्रै गरेको छैन, पीडित व्यक्तिले अब न्यायका लागि कहाँ जाने भन्ने गम्भीर प्रश्न खडा भएको छ।

sagarmatha cement

चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणबाट हराएको भनिएको १००७९२ नम्बरको सर्ट मेसिन गन (एसएमजी) चोरीको आरोपमा अमल्दार सरोज र लबकुमार जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्। गन चोरेको आरोपमा सैनिक अदालतकै फैसलाबमोजिम लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्ष कैद सजाय तोकिएको छ। तर सोही गन अर्का व्यक्तिले अर्कै मितिमा गणबाट चोरेको बयान दिइसकेका छन्। यद्यपि, निर्दोष व्यक्तिलाई जेलबाट छुटाउन राज्य संयन्त्र गम्भीर देखिएको छैन। उनीहरूले अहिलेसम्म पाएको शारीरिक र मानसिक क्षतिपूर्तिबारे सोच्ने समय कुनै निकायले निकालेको छैन। सोही नम्बरको हतियार सिपाही गंगाधर ढकालले चोरेको स्विकारेपछि उनीहरूमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो। ढकाल पनि यति बेला सेनाकै महेन्द्र दल गणमा कार्यरत हुद्दा भरत गुरुङको हत्या अभियोगमा जेलमा छन्। उनको साथबाट प्रहरीले एसएमजी गनसमेत प्राप्त गरिसकेको छ। र, सरोज र लबकुमार पनि सोही गन चोरीको अभियोगमा जेलमा छन्। 

यो घटनाबाट सैनिक हिरासत अझैसम्म मानवअधिकारमैत्री रूपमा विकसित हुन नसकेको पुष्टि भएको छ। त्यहाँभित्र दिइने शारीरिक र मानसिक यातना यसको प्रमाण हो। ‘मैले र लबले भोगेको यातनाको त यो जुनीमा के, ५० जुनीमा पनि हिसाब–भरपाई हुन सक्दैन। त्यतिखेर घरपरिवारलाई पनि केही भन्न दिएनन्। 'भनिस् भने घरको मान्छेलाई उठाएर लिएर आउँछु, दिल्ली लगेर बेचिदिन्छु’ भन्दै धम्क्याउँथे,’ सरोज तामाङको यो भनाइ यसकै प्रमाण हो।

नेपाली सेनाका दुई कर्मचारीमाथि भएको यातना प्रकरण भने त्यत्तिकै साम्य हुनु हुँदैन। फौजीमा काम गर्ने जनशक्तिका लागि तालिम दिँदा जुन तरिकाले अनुशासित गर्ने प्रयोजनका निमित्त सिकाइका रूपमा व्यवहार गरिएको हुन्छ, उसलाई कुनै आरोपमा मुद्दा चलाउनुपर्दा पनि त्यो खालको व्यवहार गर्नु झन् यातना नै हो।

मुलुकको कानुनले यातनालाई अपराध किटान गर्ने व्यवस्था गरे पनि अनुसन्धान गर्ने पद्धतिको विकास नभएको अवस्था छ। घुस खाएका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउँछ। तर प्रहरी ऐनमा यातनासँग सम्बन्धित विषयमा प्रहरीले नै मुद्दा चलाउनुपर्ने प्रावधान छ। आफैंले यातना दिने अनि आफैंले मुद्दा चलाउने सम्भव हुन सक्दैन। त्यस कारण यस्ता घटना गुपचुपमा साम्य हुँदै जान्छन्। नेपाली सेनाका दुई कर्मचारीमाथि भएको यातना प्रकरण भने त्यत्तिकै साम्य हुनु हुँदैन। फौजीमा काम गर्ने जनशक्तिका लागि तालिम दिँदा जुन तरिकाले अनुशासित गर्ने प्रयोजनका निमित्त सिकाइका रूपमा व्यवहार गरिएको हुन्छ, उसलाई कुनै आरोपमा मुद्दा चलाउनुपर्दा पनि त्यो खालको व्यवहार गर्नु झन् यातना नै हो।

नेपाली सेनामा ‘कोर्ट मार्सल’को व्यवस्था त छ तर, पछिल्ला अभ्यासले के देखाउँछ भने त्यहाँ मानव अधिकारको स्वच्छ पुर्पक्ष (फेयर ट्रायल)सम्बन्धी हकका मापदण्ड सुसंगत छैनन्। मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड अंगीकार गरिँदैनन्। रोम विधानलगायत गम्भीर संगीन प्रकृतिका अन्तर्राष्ट्रिय अपराधमा समेत स्वच्छ पुर्पक्षको मापदण्डको व्यवस्था छ। तर यस्ता प्रावधान प्रतिकूल हुने गरी मुद्दा चलाउने र समयमा इन्साफ दिन नसक्ने प्रवृत्तिका कारण ती दुई सैनिकको मानव अधिकारको गम्भीर उल्लंघन भएको हो।

ती दुई सैनिकमाथि गरिएको ज्यादतीबाट अबका दिनमा यस्ता घटना अनुसन्धानमा कानुनी अभ्यासको समेत गहन अध्ययन हुनु आवश्यक छ। यस क्रममा तल्ला तहका अदालत र सैनिक अदालत सैनिक ऐनअन्तर्गत भएका मुद्दामामिला, कारबाही आदिका विषयमा सर्वोच्च अदालतबाट भएका सैद्धान्तिक विमर्श र निष्कर्षबाट मार्ग निर्देशित हुनु अपरिहार्य छ। अब दुई सैनिक जवानमाथि भएको यातनाको क्षतिपूर्ति कसले दिने? उनीहरूका परिवारले पाएको सास्तीको मूल्य कसले तिर्ने? र आइन्दा नेपाली सेनाभित्र हुने यातना न्यूनीकरण गर्न कस्तो कानुनी प्रावधान अवलम्बन गर्ने भन्ने विषयमा राज्य र अझ सैनिक नेतृत्व गम्भीर हुनैपर्छ। सैनिक नेतृत्वले मातहतलाई देशभक्त हुनुपर्छ र शत्रुविरोधी हुनुपर्छ मात्रै भनेर सिकाएर भएन, त्यो भन्दा बढी मानव अधिकारमैत्री हुनुपर्छ। यस्ता घटनाबारे सेनासँग सम्बन्धित राज्यका सबै निकाय मात्र होइन, राष्ट्रिय मानवअधिकार आयोग र नागरिक समाजले पनि गम्भीर चासो लिनुपर्छ ताकि आइन्दा यस्ता घटना नदोहोरियून्।

(यो हतियार प्रकरणको अनुसन्धानमा सेना र प्रहरी कसरी चुके? अब के हुन्छ? हामी निरन्तर खोजविन र फलोअपमै छौँ। बाँकी शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला।)

शृंखलाको सातौं भाग

जेलमा रहेका 'निर्दोष' सैनिकका परिवार न्याय खोज्दै काठमाडौंमा, के भन्छ सेना?

चितवनमा आफ्नै साथी नेपाली सेनाका हुद्दा भरत गुरुङको गोली हानी हत्या गरेका थिए। गंगाधरलाई जब प्रहरीले १००९७२ नम्बरको एसएमजी (सट मेसिन गन)सहित पक्राउ गर्‍यो, त्यसपछि साढे दुई वर्षअघि चितवनस्थित भरतपुरकै कालीबहादुर गणमा हराएको एउटा गन प्रकरणको रहस्यमय पर्दा खुल्यो।

शृंखलाको छैटौँ भाग

यस्तो छ 'एसएमजी चोर' सैनिकको बयान

करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ। उक्त हतियार चोरेर घरको टौवामुनि लुकाएर राखेको थिएँ। मैले टौवा फेर्ने बेलामा अर्को ठाउँमा लुकाएर राख्ने गरेको र फेरि टौवा बनेपछि सोही स्थानमा लुकाएर राख्ने गरेको थिएँ। उक्त चोरी गरेको हतियार लुकाएको घरमा कसैलाई थाहा थिएन। 

शृंखलाको पाँचौं भाग

निर्दोष कैदीका परिवारलाई समेत सेनाले यसरी दियो महिनौं यातना

०७५ साल माघ २६ गते। उदयपुरस्थित त्रियुगामा रहेको आफ्नै घरमा थिइन्, तारा तामाङ। बहिनी प्रमिला पनि त्यहीँ आएकी थिइन्। बिहान भर्खर कुखुरा बास्न थालेका थिए। बेडमा मस्त सुतिरहेका थिए, तारा र प्रमिला।...

शृंखलाको चौथो भाग

सैनिक भरत गुरुङको हत्या मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले गुरुङको हत्या मुद्दासम्बन्धी सबै फाइल सैनिक अदालत पठाउने आदेश गरेको हो।...

शृंखलाको तेस्रो भाग:

उता सैनिक श्रीमानलाई यातना, यता सुत्केरी श्रीमतीलाई सास्ती

आफू सुत्केरी भएका बेला निर्दोष श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।…

शृंखलाको दोस्रो भाग:

जेलबाट सैनिक सरोजले भने- निर्दोष छौं, अब न्याय पाइएला कि!

एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो। ...

शृंखलाको पहिलो भाग:

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि

दुई वर्षदेखि जेलमा रहेका दुई  सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।…

प्रकाशित: Aug 23, 2021| 10:04 सोमबार, भदौ ७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

भारत-क्यानडा विवादको असर पर्ला नेपाललाई ?

भारत-क्यानडा विवादको असर पर्ला नेपाललाई ?

शक्ति राष्ट्रको मतभेदले गर्दा उनीहरुको मुद्राको स्तर खस्किने गर्छ। यदि अमेरिकाले क्यानडाको साथ दिँदै भारतविरुद्ध व्यापारिक चाबी राख्न खोजे भारतको मुद्रा केही हदसम्म्म निष्क्रिय हुन...
बालकदेखि वृद्धसम्मकी 'आमा' सरु

बालकदेखि वृद्धसम्मकी 'आमा' सरु

तुलसालय अनाथाश्रमकी सरु सुवेदी अहिले स्वयं त्यस्ता घर बिर्सेका, घरबारबाट परित्याग गरिएका, सडकमा अलपत्र परेका र पारिएका थुप्रै बाल–वृद्धकी अभिभावक भएकी छन्। सबैकी ‘आमा’ भएकी...
चुनौतीका बीच संविधानले जगाएको आशा

चुनौतीका बीच संविधानले जगाएको आशा

संविधानसभाबाट प्राप्त संविधान केवल संविधानको दर्जामा र संख्यामा गणना हुने सातौं संविधानमात्र होइन, संविधानसभाबाट प्राप्त भएको पहिलो संविधान पनि हो। 
शिक्षाको मौलिक हक कागजमा सीमित

शिक्षाको मौलिक हक कागजमा सीमित

समाजवादोन्मुख संविधानको परिकल्पनाअनुसार शिक्षाका अधिकारको कार्यान्वयनमा पूर्णता नहुँदा शिक्षाको मौलिक हक केवल संविधान र कानुनका कागजमा सीमित भएका छन्।
गणेशमानको सालिकले २३ वर्षपछि पाएको पूर्णता

गणेशमानको सालिकले २३ वर्षपछि पाएको पूर्णता

सो सालिक एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो रहेको छ।