मंगलबार, असार १४, २०७९
नेपाल समय
‘गन’ले अन्याय, ‘गन’ले न्याय –२

जेलबाट सैनिक सरोजले भने– निर्दोष छौं, अब न्याय पाइएला कि!

अनिल यादव  |  काठमाडौं, आइतबार, साउन ३१, २०७८
अनिल यादव

अनिल यादव

काठमाडौं, आइतबार, साउन ३१, २०७८

चितवन

साउनमा चितवनस्थित भरतपुरमा रहेको सिमलडाँडा खेतनहरमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भयो। प्रहरी अनुसन्धानका क्रममा गुरुङको हत्यामा उनकै सहकर्मी नेपाली सेनामा कार्यरत गंगाधर ढकाल संलग्न भेटिए। 

जिल्ला प्रहरी कार्यालय चितवनले जब यस विषयमा पत्रकार सम्मेलन गर्‍यो, त्यतिबेला ढकालले आफ्नै सहकर्मीलाई गोली हानेर मारेको तथ्यमात्रै खुलेन, सँगसँगै उनले त्यतिबेला प्रयोग गरेको बन्दुक ‘एमएमजी’ (सट मेसिन गन) दुई वर्षअघि कालीबहादुर गणबाट चोरी गरेको अर्को रहस्य पनि खुल्यो। यो तथ्य प्रहरीसँगको बयानका क्रममा उनैले खुलाए। 

धेरैलाई थाहा नहुन सक्छ, जतिबेला ढकालले गन चोरेको भनेका छन्, त्यही समयमा यो गणबाट १००७९२ नम्बरको एसएमजी गन हराएको थियो। र, त्यही ‘गन’ चोरेको अभियोगमा मोरङ सुन्दर हरैंचाका सैनिक जवान सरोज तामाङ र उदयपुर गाईघाटका सैनिक अमल्दार लबकुमार गुरुङ दुई वर्षयता जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्। 

जब कि ढकालको स्वीकारोक्तिले हाल जेलमा रहेका दुई सैनिक निर्दोष देखाउँछ। ढकालको बयानपछि हालै जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारी उनीहरुलाई भेट्न कारागारसम्मै पुगे। 

जुन गन चोरीको अभियोगमा दुई सैनिक जेल सजाय काटिरहेका छन्, त्यसको लट नम्बर अहिले फेला परेको गनसँग मिलेको प्रहरी अधिकारीहरुले अनौपचारिक रुपमा स्वीकारिरहेका छन्। तर, सेनासँगको डरका कारण उनीहरू सार्वजनिक गर्न सकिरहेका छैनन्। गनको अनुसन्धान गर्न सैनिक मुख्यालयबाट समेत टोली आइसकेको छ। 

यता अब त ‘न्याय पाइएला’ कि भन्ने आसमा दुवै पीडित सैनिकका परिवार चितवन आएका छन्। र, यो घटना नजिकदेखि बुझ्न म पनि शनिबार चितवन आइपुगेको छु। 

हाल कारागारमा रहेका दुई सैनिकमध्ये एक सरोज तामाङसँग कुरा गर्ने अवसर जुरेको छ। यो अढाइ वर्षमा आफूले भोगेको यातनाको वृत्तान्त उनले हामीलाई सुनाएका छन्। 

बाँकी उनकै शब्दमा :

मेरी श्रीमती तीन महिनाकी सुत्केरी थिइन्। नवजात छोरीको मुहार हेर्न मंसिर अन्त्यतिर म केही दिनको बिदामा घर गएको थिएँ। पुस १ गते हाजिर हुनुपर्ने थियो, हाजिर भएँ। 

केही दिनपछि गणमा एक्कासि एसएमजी गन हराएको चर्चा चल्यो। खोजबिन सुरु भयो। को–कहाँ थियो, सोधीखोजी भयो। 

हुन त ब्यारेकभित्र पनि रक्सी खान पाइन्थ्यो। तर, गेटअगाडि नै दोहोरी साँझ थियो। बेलाबखत हामी गइरहन्थ्यौं। गन हराइएको भनिएको साँझ पनि म दोहोरी गएको थिएँ। मसँगै डिउटी पार्टनर सुबी गुरुङ पनि थियो। त्यस दिन हल्दार सा’बलाई सोधेरै म त्यहाँ रमाइलो गर्न गएको थिएँ। 

मेरो डिउटी थियो, त्यसकारण म चाँडै फर्किएँ, अर्को साथी अलि ढिला फर्कियो। हल्दार सा’बले ‘भोलि कारबाही गरौंला, अहिले डियुटी बस्नु’ भन्नुभयो। 

भोलिपल्ट को–कहाँ थियो भनेर सोध्ने क्रममा मैले दोहोरी साँझ गएको कुरा हाकिमहरूलाई भनिनँ। तर, कसैले पोल लाइदियो। त्यसपछि ‘ए, तँ पनि गाको थिइस्, मलाई नभन्ने’ भनेर भक्कु कुटियो। मैले त सोधेरै गएको थिएँ, तर कारबाही हुने डर भएपछि सबैले आआफ्नो दुनो सोझ्याए। 

त्यसपछि अन्तिममा हामी तीन जना, लबकुमार गुरुङ, सुबी गुरुङ र मलाई बन्दुक लुकाएको अभियोगमा यातना दिन सुरु गरियो। सुबी त एक महिनामात्रै हिरासतमा रह्यो। उसले ‘दोहोरी गएको थिएँ, रक्सी खाएको थिएँ, त्यसैले डिउटीमा थिइनँ, मलाई केही थाहा छैन’ भनेर बयान दियो र विभागीय कारबाहीअन्तर्गत बर्खास्त भएर छुट्यो। 

लब भर्खरै शान्तिसेनाबाट आएको थियो। घरायसी समस्याका कारण ऊ अलिकति ढिला हाजिर भएको थियो। त्यही कारण ‘किन ढिला आइस्’ भन्ने निहुँमा मेजर दीपेन्द्र श्रेष्ठसँग उसको भनाभन परेको थियो। अनि उसलाई गयल मात्रै बनाइएन, १७ दिनसम्म कारबाहीस्वरुप थुनियो।

तर, मैले र लबले भोगेको यातनाको त यो जुनीमा के, ५० जुनीमा पनि हिसाब-भरपाई हुन सक्दैन। त्यतिखेर घरपरिवारलाई पनि केही भन्न दिएनन्। भनिस् भने ‘घरको मान्छेलाई उठाएर लिएर आउँछु, दिल्ली लगेर बेचिदिन्छु’ भन्दै धम्क्याउँथे। 

लब भर्खरै शान्तिसेनाबाट आएको थियो। घरायसी समस्याका कारण ऊ अलिकति ढिला हाजिर भएको थियो। त्यही कारण ‘किन ढिला आइस्’ भन्ने निहुँमा मेजर दीपेन्द्र श्रेष्ठसँग उसको भनाभन परेको थियो। त्यही कारण उसलाई गयल मात्रै बनाइएन, १७ दिनसम्म कारबाहीस्वरुप थुनियो।

सामान्यतया शान्तिसेनाबाट आएपछि पार्टी दिने चलन हुन्छ। मेजर श्रेष्ठले पार्टी माग्दा, हिरासत बसेको पीडाले ऊ तयार भएन। त्यही निहुँमा पनि उनीहरुबीच ‘डिस्कस’ परेको थियो। लब भन्छ, त्यही रिसिइबीमा उनलाई फसाइयो। 

त्यतिबेला गणको गणपति कर्नेल सरोज अधिकारी हुनुहुन्थ्यो। सहायक रथी सहदेव खड्काको नेतृत्वमा अनुसन्धान टोली बनेको थियो। जसमा श्रेष्ठ पनि थिए। हामीलाई कुट्ने, मार्ने उनकै हातमा थियो। उहाँ आदेश दिनुहुन्थ्यो, जसरी पनि रातभरिमा रिपोर्ट चाहिन्छ। अनि हामीलाई बकाउने निहुँमा रातभरि कुटिन्थ्यो। 

लबलाई मैले हतियार दिएको भनेर स्वीकार्न लगाइन्थ्यो। म मान्दिनथें। अनि हातखुट्टा केही नभनी तीन–चारजना भएर भक्कु पिट्थे, अनुहारमा पट्टी लगाएर। 

एक दिन यतिसम्म गरे कि लबलाई मेरो अगाडि ल्याइयो र भन्न लगाइयो– ‘तिम्ले मलाई हतियार ल्याएर देको हैन!’ एकछिन त किन फसाएको जस्तो लाग्यो। पछि उसैले भन्यो, रातभर यातना दिएर, पिटेर भन्न बाध्य बनाए।

मानसिक र शारीरिक यातनाले नाकमा किरा परेन कि, खुट्टाबाट पिप निस्किएन! अझै पनि जानुपर्छ हस्पिटल। नपत्याए, कारागारमा जसलाई पनि सोध्न सक्नुहुन्छ। धन्न जेलर सा’बले बुझ्नुहुन्छ, प्रेम गर्नुहुन्छ।  
धेरै पिटाइ सह्यौं, केही सीप लागेन हाम्रो। चार महिनासम्म लगातार यातना दिइयो। दिमागी हालत नै बिग्रिसकेको थियो। सोधेको कुरा पनि बिर्सिने अवस्थामा पुगिसकेका थियौं हामी दुवै। अब त तपाईंहरू जे भन्नुहुन्छ, त्यही मान्छौं भन्ने अवस्थामा पुगेका थियौं। 

मानसिक र शारीरिक यातानाले नाकमा किरा परेन कि, खुट्टाबाट पिप निस्किएन! अझै पनि जानुपर्छ हस्पिटल। नपत्याए, कारागारमा जसलाई पनि सोध्न सक्नुहुन्छ। धन्न जेलर सा’बले बुझ्नुहुन्छ, प्रेम गर्नुहुन्छ।  

एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो। 

म त डरले थरथर काँप्ने भइसकेको थिएँ। दिमागले केही सोच्नै छाडिसकेको थियो। बाँच्छु पनि रत्तिभर लागेको थिएन। चार महिना त एक दिन पनि सुत्नै दिइएन। न नुहाउन–धुवाउन दिइयो, न मुख धुन, न दाँत माँझ्न। अँध्यारो घरभित्र साउन्ड सिस्टमको आवाज। हातखुट्टा जताततै हतकडी, आँखामा पट्टी। यतिसम्म कि भात खाँदा आँखामा पट्टी हुन्थ्यो। के खुवाउँथे, थाहा हुन्थेन। बस्, भोक मेट्नका लागि खाइन्थ्यो। 

हुन त अहिले पनि कारागारमा छौं। तर, सेनाको हिरासतमा जस्तो यातना त छैन। कारागारमा अर्कै संसार छ। धन्न बाँचेर यहाँसम्म आइयो भन्ने लाग्छ। 

त्यतिखेर बिदामा म तीन महिनाको नानी हेर्न घर गएको थिएँ। तर, पछि हतियार डिल गर्न गएको बनाइदिए। यातना त कति दिए, कति!

मेरो बुबा प्रहरीको भूपू हल्दार। हामी तीनभाइमध्ये मचाहिँ बुबालाई देखेर सेनामा भर्ती भएको थिएँ। बुबासँग भन्थें, म तपाईंको बिँडो थाम्छु। ठूलै सपना थियो, देशका लागि केही गर्ने। तर, आज यो हालत भयो। परिवार दिनरात मेरो रिहाइका लागि तड्पिरहेको छ। छरछिमेकमा म दोषी भएको छु। यो सब सम्झँदा त बाँच्न पनि मन लाग्दैन। कति भनें, कति चिच्याएँ, मैले बन्दुक दिएको छैन भनेर। तर, कसले सुन्ने? 

हाम्रो त पोलिग्राफ टेस्टसम्म त्यस्तो अवस्थामा गरियो जतिबेला हामी कुर्सीमा बस्न सक्ने अवस्थामा पनि थिएनौं। दिनरातको पिटाइले शारीरिक र मानसिक दुवै हिसाबमा कमजोर थियौं। जब कि पोलिग्राफ टेस्ट गर्न बडी टेम्परेचर नर्मल हुनुपर्ने रहेछ।

त्यतिबेला जिल्ला प्रहरी कार्यालयमा लगेर मुचुल्का उठाउँदा बयान लेख्नुपर्दो रहेछ। सेनाले लिएर गएको हाम्रो बयान प्रहरीले लेख्न मानेको थिएन। प्रहरीले यस्तो पनि बयान हुन्छ र? भनेर सोधेको थियो। तर, ‘मलाई यही बयान दिएको हो, यही लेखेको हो’ भनेर जबरजस्ती लेख्न लगाएका थिए।

सरकारी हस्पिटलमा लबकुमारलाई त ७५ प्रतिशत मेन्टल नै देखाइएको थियो, दिमागी हालत ठिक थिएन भनेर। हामीलाई यति यातना दिए कि अन्तिममा उनीहरू पनि थाके। त्यसपछि मात्रै हाम्रो आँखाको पट्टी खोल्दै यातना कम गर्दै गएका थिए।

अहिले पनि हामी दुवैको खुट्टा सुन्निरहन्छ। हेर्दामात्रै ज्यान यस्तो देखिन्छ तर सबै कमजोर भइसकेको छ। केही काम गर्न सक्छौं जस्तो लाग्दैन।

अहिले गंगाधर ढकाल भन्नेले झ्याल फोडेर जसरी बन्दुक चोरेको भन्ने खबर सार्वजनिक भएको छ, त्यतिबेला बन्दुक हराएको स्थितिसँग ठ्याक्कै मिलेको छ।  त्यसैले पनि हामीलाई न्याय मिल्ला भन्ने लागेको छ।  
खुसी लागेको छ, हामीले चोरेको भनिएको गन फेला परेको समाचार सुनेर। कारागारभित्र यहाँ सबै साथीहरुले ‘अब त तिमीहरु छुट्छौ’ भन्दै बधाई दिइराछन्। तर, कतिपयले भने गन नै चेन्ज गर्दिन सक्छन् भन्ने कुरा पनि गरिराछन्। मलाई चाहिँ सत्य डग्दैन भन्ने लाग्छ। यो देशमा न्याय छ भने ढिलोचाँडो पक्कै पाउँछु भन्ने विश्वास छ। 

अहिले गंगाधर ढकाल भन्नेले झ्याल फोडेर जसरी बन्दुक चोरेको भन्ने खबर सार्वजनिक भएको छ, त्यतिबेला बन्दुक हराएको स्थितिसँग ठ्याक्कै मिलेको छ।  त्यसैले पनि हामीलाई न्याय मिल्ला भन्ने लागेको छ।  

मेरो परिवारको आर्थिक स्थिति राम्रो छैन। कमाउने मै थिएँ, त्यो पनि जेलमा छु। म जेलमा हुँदा सुत्केरी श्रीमतीले नानीलाई घरमा छाडेर जागिर खानुपर्‍यो, यो सुन्दा मलाई के भयो होला? 

अब त छोरी पनि हुर्किंदै होली। नदेखेको धेरै भयो। भेट्दा पनि मलाई त चिन्दिनँ होला है, सर? 

सरोज तामाङ जेलमा परेपछि उता उनको परिवारमा के भयो होला? आर्मीको ड्रेस देख्दा पनि किन झस्किन्छिन् उनकी श्रीमती? -अर्को शृंखलामा

शृंखलाको पहिलाे भाग यहाँ पढौं-
दुई वर्षदेखि जेलमा रहेका दुई सैनिकमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।...

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
समाज

दुई करोडको 'डिल' गर्ने न्यायाधीश कोइरालालाई काम गर्न रोक

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन दुई करोडको डिल गरेको आरोपमा विवादमा तानिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ।
नेपाल समय
समाज

कोटेश्‍वरमा पैदल यात्रुलाई ठक्कर दिएको हायस ट्रकमा ठोक्कियो, एक जनाको मृत्यु

कोटेश्वरमा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
नेपाल समय
समाज

काठमाडौं महानगरका सडकमा खानेकुरा बेच्‍न प्रतिबन्ध

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिने मेयर बालेन शाहले बताएका छन्। उनले महानगरले सडकमा खानेकुरा बिक्री गर्न नदिन नेपाल प्रहरीसँग सहकार्य गरिनेसमेत बताएका छन्।
नेपाल समय
समाज

नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला।
नेपाल समय
समाज

गायिका सुनारको हत्या आरोपमा पक्राउ श्रेष्ठलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप

गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएपछि पक्राउ परेका उनका प्रेमी खिलबहादुर श्रेष्ठको अनुसन्धानका लागि अदालतलबाट ५ दिनको म्याद थप भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना